MENU


निषेधाज्ञाको समयमा निःशुल्क होम डेलिभरी सेवा दिदै रैथाने

काठमाडौँ । रैथाने शब्दसँग परिचित नहुने शहरमा कमै होलान । गाउँको उत्पादन शहरमा, रैथाने खाना घरघरमा भन्ने नारा सहित सेवा सुरु गरेको रैथाने कम्पनीले काठमाडौमा निशुल्क होम डेलिभरी सेवा संचालन गरेको छ । निषेधाज्ञाको समयमा घरायसी प्रयोजनको लागि आवश्यक सामान फोन गरेर वा रैथाने एप मार्फत अर्डर गरेर सेवा लिन सकिने रैथाने एग्री प्रोडक्टसका अध्यक्ष तिलक ढकालले बताउनु भयो ।

गाउँघरको मौलिकपन झल्कने सिप, कृषि उपज, ज्ञान, संस्कृति तथा परम्परागत वस्तुहरुको संरक्षण गर्ने उदेश्यले रैथानेपन जोगियो भने नेपालीपन जोगिन सक्छ, नेपालीपन जोगियो भने मात्रै हाम्रो स्वाभिमान जोगिन सक्छ आर्दश मन्त्र बोकेर चप्पल कारखानामा केन्द्रीय कार्यालय खोलेर रैथाने वस्तुहरुको संकलन तथा वितरणको काम एक वर्ष देखी हुदै आएको हो।

अहिले रैथानेले गाउँ गाउँबाट सामान ल्याएर धुने, पखाल्ने, निफन्ने, अनि पोको पारेर भान्सा सम्म लगिदिने व्यवस्था गरेको छ । एक वर्षमा ३५ जिल्लाका नाै हजार किसानका दुई सय प्रकारका खाद्य वस्तुहरु बिक्रीवितरण गरिएको रैथानेको तथ्यांक छ । चप्पल कारखानामा विक्री केन्द्र रहेको रैथानेले निःशुल्क होम डेलीभरी दिँदै आएको छ ।

घरायसी भान्सामा प्रयोग हुने खाधान्न र तरकारीको माग रैथाने बढी आउने गरेको उपेन्द्रराज कुँइकेलले बताउनु भयो । फेसवुक, टेलिफाने तथा रैथाने एपका माध्यमबाट सामानहरु जुनसुकै बेलामा मगाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस