MENU


कोविड्–१९ र नेपालमा शिक्षाको स्थिति


शुर्दसन बस्नेत
प्रिन्सीपल
स्कूल अफ मेडिकल साइन्स, वनस्थली काठमाडौँ

कोरोनाभाइरस रोग (कोविड्–१९) ले विश्व सामाजिक, आर्थिक, शैक्षिक र सांस्कृतिक रूपमा विभिन्न क्षेत्रहरूमा गम्भीर समस्या र चुनौतीहरू ल्याएको छ । सबै नेपाली विद्यार्थीहरु औपचारिक शिक्षाबाट वञ्चित भएका छन । अनलाइन र दूरी शिक्षा अब औपचारिक शिक्षाको समाधानको रूपमा अपनाईएको छ । नेपालमा पहाडी क्षेत्र, ग्रामीण क्षेत्रका विद्यार्थीहरू, साधनस्रोत र प्राविधिक सीपहरूको कमीले गर्दा अनलाइन र दूर शिक्षामा पहुँच र सहभागितामा असमानताको सामना गरिरहेका छन्।


यस महामारीले विद्यार्थीहरूको शिक्षा र स्वास्थ्यमा गम्भीर परिणामहरू दिएको छ, र यसले सम्भाव्य रूपमा विशेषाधिकार प्राप्त र विपन्न वर्गका बालबालिकाहरूका बीचमा समान गुणस्तरको शिक्षामा असर पुर्याएको छ । कोविड्–१९ ले गर्दा सबै शैक्षिक संस्थाहरु बन्द भएपछि सुरु गरिएका अनलाइन शिक्षा नेपालमा चुनौतीपूर्ण भएको छ किनभने विद्यार्थीहरू, शिक्षकहरू र प्रशासकहरू यसका लागि तयार थिएनन्। शिक्षा सम्बन्धी सरोकारवालाहरूले अनलाइन शिक्षाको प्रभावकारिता बढाउन र यसलाई कक्षाको शिक्षामा पूरक बनाउन धेरै विषयहरूमा काम गर्नुपर्दछ।


स्कूल, कलेज र विश्वविद्यालय बन्द हुँदा शिक्षणमा मात्र बाधक भएन कि विद्यार्थीहरूको मूल्यांकन विधीमा पनि असर परेको छ । एसईई र उच्च शिक्षा सहित सबै परीक्षाहरू स्थगित वा रद्द गरियो, जसले विद्यार्थीहरूलाई मानसिक तनावमा पारेको छ । नेपाल जस्ता विकासशील देशहरूमा जहाँ चिकित्सा शिक्षाले विभिन्न चुनौतीहरूको सामना गर्दै आइरहेको छ जस्तै पूर्वाधारको अभाव, राम्रो प्रशिक्षित शिक्षाविद् र उन्नत टेक्नोलोजी पर्याप्त मात्रामा तयारी नगरी विधिसम्म अचानक परिवर्तन हुनु चुनौतीपूर्ण भएको छ । यसले मेडिकल विद्यार्थीहरूको व्यावहारिक सीप विकास, अनुसन्धान, प्रत्यक्ष र आत्मीय अन्तर्क्रिरयामा असर परेको छ।


सुरक्षा सुबेदी लगायत उनको समुहले २०२० मा कोविड्–१९ र अनलाइन कक्षा प्रभाबकारिताको विषयमा गरेको एक अध्ययन अनुसार बिजुली र इन्टरनेट समस्याका कारण धेरैजसो शिक्षकहरू, विद्यार्थीहरू अनलाइन कक्षा लिनको लगी प्रभावित भए भने सीमित विद्यार्थीहरूले मात्र उनीहरूको अनलाइन कक्षाका लागि इन्टरनेट सुविधा भएको बताए । यद्यपि धेरै विद्यार्थीहरूले उनीहरूको अनलाइन कक्षाको लागि मोबाइल डाटा प्याक प्रयोग गरेको जानकारी दिए । हरेक पटक अनलाइन कक्षाको कारण विद्यार्थीहरूले आँखाको समस्या ÷ टाउको दुख्न्ने गरेको जानकारी दिए।
त्यसैगरी, अशिस आचार्य लगायत उनको समुहले २०२० मा नेपालका उच्च शिक्षा संस्थानहरूमा गरेको अनलाइन सर्वेक्षण अनुसार ७०% उत्तरदाताले इन्टरनेटमा पहुँच भएको बताए, तर ३६% इन्टरनेट पहुँच भएका उत्तरदाताले इन्टरनेट र विद्युतीय जडानमा अप्रत्याशित गडबडीका कारण अनलाइन कक्षामा असर परेको बताए । त्यस्तैगरी, ६५ % विद्यार्थीहरूले अनलाइन कक्षाका साथ सहज महसुस गरेनन्, र अनलाइन कक्षाका सहभागीहरू मध्य, ७८% विद्यार्थीहरू पाठ्यक्रम अझ राम्रो बुझ्नको लागि प्रशिक्षकलाई भेट्न चाहन्छन्।


विद्यार्थीहरू, शिक्षकहरूले कोविड्–१९ महामारीको बेला धेरै मानसिक चिन्ता खेप्नु प¥यो किनभने उनीहरूले आफ्नै परिवारका सदस्यहरू गुमाएका छन् जसले सीधै उनीहरूको शिक्षा र शिक्षण वातावरणलाई असर गर्दछ। कम आय भएका घरपरिवारका विद्यार्थीहरूले अनिश्चित भविष्य र ड्रपआउटको जोखिमको सामना गरिरहेका छन् भने निजी शिक्षकहरूको लागि रोजगारीको असुरक्षा ठूलो समस्या भएको छ। कोविड्–१९ रोग मानसिक तनाव, अनिश्चित भविष्य, स्कुल ड्रपआउट जोखिमको लागि मात्र होइन निजी पार्टटाइम शिक्षकहरूमा रोजगारीको असुरक्षाको लागि पनि जिम्मेवार छ। निजी पार्टटाइम शिक्षकहरूलाई अनलाइन मार्फत संस्थाले पाठ्यक्रम पूरा गर्न वाध्य पारिएको तर तिनीहरूलाई राम्रो तलब नदिइएको, जसले शिक्षकहरूको प्रदर्शन घटाउँछ जसले अन्ततः शिक्षण वातावरणलाई खलबल्याउँछ। विद्यार्थीहरूलाई केवल अनलाइन कक्षा मार्फत छलफलको माध्यमबाट सैद्धांतिक ज्ञान प्रदान गरिएको छ तर उनिहरु व्यावहारिक सीपबाट पूर्ण रूपमा वञ्चित छन ।


ई–लर्निंग, शिक्षा दिने एक प्रभाबकारी विधी हो तर नेपाल जस्ता विकासशील देशहरूको सन्दर्भमा यो पूर्ण रूपमा प्रभावकारी हुँदैन जबसम्म ई–लर्निंग प्रक्रियालाई असर गर्ने कारकहरूलाई सम्बोधन गरिदैन। तसर्थ सो विषय तर्फ सरोकारवालाहरुको ध्यान केन्द्रीत हुन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस