MENU


स्काउटर दिवस घिमिरेलाई कोरिया स्काउटको सम्मान

जेठ २२ काठमाडौँ । कालिका संस्कारकुलम् विद्यालय भरतपुरका संचालक तथा स्काउटर दिवस घिमिरेलाई कोरिया स्काउट एसोसिएसनले अन्तरास्ट्रिय सम्मान गर्ने भएको छ । नेपाल स्काउट र कोरिया स्काउट को संयोजनकारी गतिविधिमा बिगत १० बर्ष देखि सक्रिय घिमिरेलाई सन २०२३ मा कोरियामा हुने कार्यक्रममा सम्मान प्रदान गर्ने निर्णय भएको हो ।

नेपाल स्काउटको प्रतिनिधित्व गर्दै जम्बोरी २०२३ इन कोरिया लेखिएको ब्यानर दुई घण्टा पोखराको आकाशमा घिमिरे ले उड्नु भएको थियो । अन्तरास्ट्रिय स्काउटका पुर्ब राष्ट्रिय सदस्य समेत रहेका घिमिरे थुप्रै अन्तरास्ट्रिय सस्थाहरुमा महत्वपूर्ण भुमिका मा आबद्ध हुनुहुन्छ । आफ्नो जीवन स्काउट अभियानमा समर्पित भएर बाँच्न चाहेको बताउने घिमिरे स्काउटका पुर्ब प्रमुख चन्दन कौशिक को जीवन शैलीबाट प्रभावित भएको बताउँछन ।

प्रतिक्रिया दिनुहोस