MENU


Archive

मुस्ताङमा चार हजार मेट्रिक टन स्याउ उत्पादन

असोज, मुस्ताङ । जिल्लामा यस वर्ष चार हजार ४०० मेट्रिक टन स्याउ उत्पादन भएको छ । गत वर्षभन्दा यस वर्ष ४०० मेट्रिक टन कम स्याउ फलेको छ । सबैभन्दा बढी स्याउ उत्पादन मार्फा र जोमसोममा भएको जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत तप्तबहादुर गुरुङले जानकारी दिनुभयो । लामो समयसम्म खडेरी पर्नु, जिजिनामथ किराको सङ्क्रमण, स्याउको…

अशोज १४, २०७३ - शुक्रबार

Always Tourism

अवरुद्ध गोरखाको बारपाक सडक सञ्चालनमा

१३ असोज, गोरखा । गत असारदेखि अवरुद्ध रहेको गोरखा सदरमुकामदेखि बारपाकसम्मको सडक आजदेखि सञ्चालन भएको छ । बालुवादेखि बारपाकसम्म करिब १५ किलोमिटर सडक मर्मत गरेपछि बारपाकसम्म साना ट्रक, ट्र्याक्टर तथा जिप सञ्चालन भएका छन् । यद्यपि यात्रुबाहक बस सञ्चालनमा कठिनाइ रहेको छ । सडक सञ्चालनमा आएपछि खाद्यान्न र निर्माण सामग्री ढुवानी हुने भन्दै बारपाकवासी खुसी…

अशोज १४, २०७३ - शुक्रबार

Always Tourism

दसैँको मुखमा खाद्यान्नको अभाव

१३ असोज, पाँचथर । नेपालीहरूको महान् पर्व दसैँ तिहार नजिकिँदै जाँदा पूर्वी पहाडी जिल्ला पाँचथरको अधिकांश सडक अवरुद्ध हुँदा ग्रामीण भेगमा खाद्यान्न अभाव हुन थालेको छ । वर्षाद्का कारण ठाउँ ठाउँमा पहिरो झरेको हुँदा सदरमुकामलगायत झापाका विभिन्न सहर बजारबाट खाद्यान्नलगायत दैनिक उपभोग्य सामान ढुवानी गर्न नसक्दा ग्रामीण भेगमा खाद्यान्न अभाव हुन थालेको हो । जिल्लाको…

अशोज १४, २०७३ - शुक्रबार

Always Tourism

मुक्तिनाथको वार्षिक आम्दानी रु ६७ लाख

१३ असोज, मुस्ताङ । हिन्दू र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रविन्दु प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको वार्षिक आम्दानी ६७ लाख रुपैयाँको हाराहारीमा हुने गरेको छ । मुक्तिनाथ विकास समितिले हालै सार्वजनिक गरेको वार्षिक आयव्ययमा रसिद सहयोगबाट सबैभन्दा बढी ५२ लाख ११ हजार रुपैयाँ आम्दानी भएको देखिएको छ । त्यस्तै, सुन बिक्रीबाट रु १२ लाख सात हजार र बैंक…

अशोज १४, २०७३ - शुक्रबार

Always Tourism

दशवर्षपछि उपत्यकाबाहिर साझा बस सञ्चालन हुँदै

१३ असोज, काठमाडौँ । साझा यातायातले दसैँमा काठमाडौँ उपत्यकाबाहिर जाने यात्रुको चापलाई दृष्टिगत गरी आउँदो आइतबारदेखि बागलुङ र गोरखाका लागि बससेवा सञ्चालनमा ल्याउने भएको छ । दश वर्षको अन्तरालपछि यही असोज १६ गतेदेखि साझा यातायातले पुनःकाठमाडौँ उपत्यकाबाहिर सेवा विस्तार लागेको साझाका कामु प्रमुख कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार लामो समयपछि सुरु…

अशोज १४, २०७३ - शुक्रबार

Always Tourism

वन्यजन्तुको संरक्षणमा सरकारले सहयोग गर्ने

१२ असोज, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहालले चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तु संरक्षणमा गरेको कामको प्रशंसा गर्नुभएको छ । आज चितवन राष्ट्रिय निकुञ्जको कार्यालय र यहाँ भण्डारण गरिएको वन्यजन्तुका महत्वपूर्ण अङ्ग (अखेटोपहार) को निरिक्षणपश्चात आयोजित कार्यक्रममा उहाँले संरक्षणमा आवश्यक पर्ने स्रोत साधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । सो अवसरमा वन तथा भूसंरक्षणमन्त्री शङ्कर भण्डारीले…

अशोज १४, २०७३ - शुक्रबार

Always Tourism

उद्योग विकासका लागि दीर्घकालीन योजना आवश्यकः मन्त्री जोशी

काठमाडौँ । उद्योग मन्त्रालयले औद्योगिक विकासका लागि मध्यकालीन र दीर्घकालीन योजना बनाउने भएको छ । मन्त्रालयले मुलुकमा औद्योगिक विकासका लागि चार वर्ष र २० वर्ष लक्षित योजना बनाउन लागेको हो । स्वदेशी, गैरआवासीय नेपाली र वैदेशिक लगानी भित्र्याउने योजना समेत सरकारले बनाएको छ । ललितपुर उद्योग वाणिज्य सङ्घको ३७ औँ साधारणसभाको उद्घाटन कार्यक्रममा आज उद्योगमन्त्री…

अशोज १२, २०७३ - बुधबार

Always Tourism

सानीभेरी यातायातको बस सेवा सुरु

रुकुम । सानीभेरी यातायात सेवा समितिले आजदेखि बस सेवा सुरु गरेको छ । दुई साता अगाडि खुलेको समितिले आज विभिन्न ठाउँका लागि रुकुमबाट गाडी छुटाउँदै बस सेवा सुरु गरेको हो । आज पहिलो दिन नेपालगन्ज, काठमाडौँसहित जिल्लाका आधा दर्जन बढी ठाउँका लागि गाडी प्रस्थान गरेको समितिका महासचिव वीरबहादुर मल्लले बताउनुभयो । बस सेवालाई आगामी दिनमा…

अशोज १२, २०७३ - बुधबार

Always Tourism

तारे होटल करका दायरामा

–शर्मिला पाठक काठमाडौँ । काठमाडाँै महानगरपालिकाले कर असुल गर्न कडाइ गरेपछि यहाँस्थित तारे होटल करको दायरामा आउन थालेका छन् । काठमाडौँ महानगरपालिकाका राजस्व महाशाखा प्रमुख धु्रव काफ्लेका अनुसार काठमाडौं महानगरपालिकाले घरजग्गा, सवारी तथा बहाललगायत कर नतिर्नेका लागि कानुनी प्रक्रिया सुरु गरेपछि तारे होटल क्रमशः करको दायरामा आउन थालेका हुन् । कामपाभित्र पर्ने सोल्टी, अन्नपूर्ण, द्वारिका,…

अशोज १२, २०७३ - बुधबार

Always Tourism

सावधानः तपाईँ सिसिटिभी क्यामेराको निगरानीमा !

–किरण भट्टराई काठमाडौँ । के तपाईँ सार्वजनिकस्थानमा गलत कार्य गर्दै हुनुहुन्छ ? गर्दैहुनुहुन्छ भन्ने सचेत हुनुहोस्, तपार्इँ क्लोज सर्किट टेलिभिजन (सिसिटिभी) क्यामेराको निगरानीमा हुनुहुन्छ । काठमाडौँ उपत्यकाको अति व्यस्तस्थल, संवेदनशील क्षेत्र र प्रमुख सडक क्षेत्रमा सिसिटिभी जडान गर्ने कार्यलाई प्रहरीले तीव्रता दिएको छ । दुई सय ४१ ठाउँमा सिसिटिभी जडान रहेकोमा अब थप ९४ स्थानमा…

अशोज १२, २०७३ - बुधबार

Always Tourism

गाैशालादेखी कमलपाेखरी फोहोरमुक्त सडक घोषित

काठमाडौँ । स्थानीय गौशालादेखि कमलपोखरीसम्मको मूल सडकलाई  फोहरमुक्त सडक घोषणा गरिएको छ । यहाँ आज आयोजित कार्यक्रममा सो सडकलाई फोहरमुक्त सडक घोषणा गरिएको हो रुद्रमती सरसफाइ अभियान १३५ औँ हप्ता पुगेकाले यसलाई व्यवस्थित गर्न कमलपोखरीदेखि गौशालासम्मका बाटाका खम्बामा फोहर फाल्ने टिनका ४० भाँडा राखिएको छ । त्यसबीचमा पर्ने ४०५ पसलका अगाडि फोहोर फाल्ने बाल्टिन राखिने…

अशोज १२, २०७३ - बुधबार

Always Tourism

तीन वर्षमा विद्यालय पुनःनिर्माण हुन कठिन

–प्रकाश सिलवाल काठमाडौँ । पर्याप्त बजेट नहुँदा तीन वर्षभित्र विद्यालय पुनःनिर्माण गर्ने सरकारको लक्ष्य पूरा हुन कठिन देखिएको छ । क्षतिग्रस्त विद्यालयमा नयाँ पक्की भवन निर्माणका लागि ढाँचा तयार भए पनि रकम निकासा हुन बाँकी रहेको तथा त्यस्ता भवन बनाउन केही वर्ष लाग्ने भएकाले त्यस अवधिमा अस्थायी सिकाइ केन्द्र (टिएलसी) मै विद्यार्थीले पढ्नुपर्नेछ । अन्य…

अशोज ११, २०७३ - मङ्लबार

Always Tourism