अलवेज टुरीजम, काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोएसिएसन् अफ नेपाल टानले पछिल्लो समयमा ट्रेकिङ इन्फरमेशन म्यानेजमेन्ट सिस्टम टिम्समा विवाद बढ्दै गएपछि टिम्स जस्तै नयाँ कार्यक्रम ल्याउने तयारी गरेको छ । यसको लागि टानले बरिष्ठ अधिवक्ता हायर गरि गृहकार्य समेत थालेको टान विशेष श्रोतको भनाइ छ ।
टानले सदस्य कम्पनीहरुसंग अतिरिक्त शुल्क लिई पदयात्रीहरुको विवरण राख्न र मजदुरहरुको उद्दार तथा औषधोपचारको लागि टिम्स जस्तै कार्यक्रम चलाउन मिल्ने÷नमिल्ने बारेमा वृहत छलफल समेत चलाएको छ । केही दिन अघि मात्र टानको आकस्मिक बैठक बसी नेपाल पर्यटन बोर्डलाई दर्जनौं आरोप लगाउँदै त्यसविरुद्ध भण्डाफोर अभियान चलाउने निर्णय समेत गरेको थियो ।
टानले सुनियोजित तथा व्यवस्थापकीय लापरवाहीका कारण समयमा नै टिम्स कार्ड उपलब्ध नगराएको, टिम्स कोषबाट आफुले पाउनुपर्ने रकम पटकपटक ताकेता गर्दा पनि नपाएको, टिम्स कार्ड समयमा उपलब्ध नगराएको, मजदुर कल्याणकारी कोषमा टिम्स कोषको रकम जम्मा नगरेको, टिम्स कार्ड छपाईबारे कुनै जानकारी नदिएको, टिम्सको बारेमा लेखिएका कयौं पत्रहरुको जवाफ नपठाएको आरोप लगाउँदै नेपाल पर्यटन बोर्डलाई गैरजिम्मेवारीपनको संज्ञा दिएको थियो । टानले बोर्डको सो प्रवृत्तिको भत्सर्ना गर्दै समयमा नै सही निर्णय तथा कार्यान्वयन पक्षमा इमान्दारीता नदेखाए कठोर कदम चाल्ने चेतावनीसमेत दिएको छ ।
हाल वितरण भइरहेका सबै टिम्स कार्डहरुमा होलोग्राम नभएको, केही टिम्स कार्डमा सिरियल नम्बर नराखीएको, कुनै टिम्स कार्डहरुमा टानको लोगो समेत अंकित नभएकोले नेपाल पर्यटन बोर्डद्वारा टिम्स कार्ड छपाई र वितरण कार्यमा घोटला हुन सक्ने प्रचुर सम्भावना देखिएको हुँदा सो तथ्यहरुलाई उजागर गर्ने पनि टानले बताएको छ । बोर्डको यस्तो गतिबिधिहरुबारे संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समिति तथा सामाजिक न्याय तथा मानव अधिकार समितिको ध्यानाकर्षण गराउने जनाएको छ । यसैगरि, बैठकले टिम्स सम्बन्धि नेपाल पर्यटन बोर्डबाट सही सूचना तथा तथ्यांकका साथै मौजुदा रकमबारे समेत टानलाई जानकारी उपलब्ध नगराइ सूचनाको हकबाट बञ्चित गराएकोमा राष्ट्रिय सूचना आयोगलाई जानकारी गराउने पनि जनाएको छ ।
–प्रणव वुढाथोकी काठमाण्डौ, भुकम्पअघि ९५ प्रतिशत कार्यसम्पन्न भएको रुवी भ्याली टेल निमार्णमा संलग्न व्यक्तिहरुले टेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) बाट सम्झौता बमोजिम...
म्याग्दी, धौलागिरि हिमालको प्रतिविम्ब स्पष्टरुपमा देखिने पश्चिम म्याग्दीको मालिका–१, निस्कोटस्थित बराहताल संरक्षणको पर्खाइमा छ । करिब दुई रोपनी क्षेत्रफलमा फैलिएको बराहतालले पर्यटकीय सम्भावना...
नुवाकोट, नुवाकोटको ऐतिहासिक क्षेत्र चिम्टेश्वर, देविघाट र नुवाकोट दरबारलाई समेटेर विकास क्षेत्र समिति गठन गरिने पर्यटनमन्त्री भानुभक्त ढकालले बताउनु भएको छ । शनिवार...
मकवानपुर, मकवानपुर जिल्लाको थाहा नगरपालिका १ कुन्छाल गाउँमा होमस्टेको सुरुवात भएको छ । राजधानीबाट नजिकको पर्यटकिय क्षेत्र कुन्छाल होमस्टेको लागि उपयुक्त भएको गाउँ...
२८ भदाै, काठमाडाैँ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणको लागि प्राथमिक शेयर (आइपिओ) निश्काशन गर्ने भएको छ । लघुवित्तले २ करोड...
अलवेज फन मिडिया प्रा.लि. दारा संचालित अलवेज टुरिजम डट कम नेपालटार,काठमाण्डौ ९८५११५३७०८
अध्यक्ष प्रधान सम्पादकः भुमराज तिवारी
कार्यकारी सम्पादकः गौरी भट्ट
सुचना विभाग दर्ता २५७/२०७३–०७४
पर्यटन खबर जानकारी हरेक पल तपाईंहरु को साथमा तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया पठाउनुहोला ।
Contact us: bhumrajtiwari@gmail.com
Mobile: 9851153708
© Copyright 2021 alwaysTourism.com All Rights Reserved.
Developed & maintained by Webtechline