कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका वडा नं ८ बेल्डाँडीमा सन्चालित जडिबुटी प्रसोधन उद्योगले गाउँमै रोजगारीको सिर्जना गरेको छ । गत वर्षदेखि खोलिएको सो उद्योगमार्फत विद्यार्थीसहित स्थानीयवासीले गाउँमा आम्दानी गरिरहेका छन् । बेल्डाँडीमा उद्योग सञ्चालक समितिका कोषाध्यक्ष कमला साउद भन्नुहुन्छ, “उद्योग खुलेपछि गाउँलेले घर खर्च चलाएका छन्, विद्यार्थीले पढाइ खर्च पाएका छन् । यसले फाइदा नै भएको छ ।” असारेको तेल प्रतिकिलो रु ३० हजार बढीमा बिक्री हुने गरेको छ । प्रगति सामुदायिक वनसित साझेदारीमा गत वर्ष दातृ निकायको सहयोगमा उद्योग सञ्चालन गरिएको हो । असारे, मेन्था र केमाबाट सुगन्धित तेल उत्पादन गर्न सकिने सुनेका स्थानीयबासिन्दाले दातृ निकायको रु पाँच लाख, परियोजना घुम्ती कोषको रु एक लाख र सामुदायिक वनको रु तीन लाख लगानीमा उद्योग स्थापना गरेका थिए । सामुदायिक वनमा असारे प्रशस्त भएकाले आम्दानी पनि गतिलो नै छ उद्योग सञ्चालक समितिका कोषाध्यक्ष साउदले भन्नुभयो, “असारे पेलेर शुरु गरिएको उद्योगबाट अहिले मेन्था, केमाइल र लिप्टिसको तेल पनि उत्पादन हुने भएकाले आम्दानी बढ्दै गएको छ ।” केमा र मेन्थाखेतीका लागि स्थानीयवासीले चार समूह बनाएका छन् ।
समूहका सदस्यले तेल बेचेर हालसम्म रु दुई लाख १६ हजार आम्दानी गरेका छन् । एक समूहका सदस्यले कम्तीमा २० हजारभन्दा बढी आम्दानी गरेका छन् । स्थानीयवासीले उत्पादन गरेको तेल स्थानीय वीरबहादुर ऐरले किनेर नेपालगञ्ज पु¥याई अर्का व्यापारीलाई बेच्ने गर्नुभएको छ । नेपालगञ्जका व्यापारीले यहाँको तेल विदेश निर्यात गर्दै आएका छन् । स्थानीय जडीबुटी उद्योगमा संलग्नका अनुसार विगतमा काठमाडौँ र नेपालगञ्जका व्यवसायीले आएर तेल सस्तोमै किनेर लैजाने गरेका थिए । स्थानीयवासीले नै तेल किनेर राम्रो मूल्य दिन थालेपछि जडीबुटीखेतीमा यहाँका बासिन्दाको आकर्षण बढ्न थालेको हो । स्थानीय मैना बोहराले उद्योग खुलेपछि घर खर्च चलाउन सहयोग पुगेको बताउनुभयो । अन्न नफल्ने बाँझो खेतमा समेत जडीबुटीखेती राम्ररी सप्रने र जंगली जनावरले समेत जडीबुटीलाई नखाने भएपछि स्थानीयवासीको यसप्रतिको मोह बढ्दै गएको छ ।
काठमाडौ, पर्यटन पत्रकार संघ (जाट–नेपाल)को सातौं वार्षिक साधारणसभाले नारायण भण्डारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।सर्वसम्मत निर्वाचित संघको प्रथम उपाध्यक्षमा...
म्याग्दी, धौलागिरि हिमालको प्रतिविम्ब स्पष्टरुपमा देखिने पश्चिम म्याग्दीको मालिका–१, निस्कोटस्थित बराहताल संरक्षणको पर्खाइमा छ । करिब दुई रोपनी क्षेत्रफलमा फैलिएको बराहतालले पर्यटकीय सम्भावना...
बनेपा नेपालकै पुरानो शहरमा गनिन्छ । यातायात संचालन पूर्व हिडेर चिन देखी काठमाण्डौ प्रवेशको नाकाको रुपमा परिचित बनेपा धार्मिक तथा सास्ंकृतिक महत्वको प्राचिन...
काठमाण्डौ, नेपाली मौलिक कला तथा संस्कृतिलाई अन्तराष्ट्रियकरण गर्ने उदेश्य सहित काठमाण्डौ जिल्ला प्रशासन कार्यालयमा एक्सिसेवल आर्ट एण्ड कल्चर नामक संस्थाको स्थापना भएको छ...
मण्डीखाटार, एक दशक अघि स्थापना भएको गेट कलेजले मिस्टर एन्ड मिस गेट २०१७ प्रतियोगिता सम्पन्न गरेको छ । होटल व्यवस्थापनका विद्यार्थीहरुको आन्तरिक प्रतिभा...
अलवेज फन मिडिया प्रा.लि. दारा संचालित अलवेज टुरिजम डट कम नेपालटार,काठमाण्डौ ९८५११५३७०८
अध्यक्ष प्रधान सम्पादकः भुमराज तिवारी
कार्यकारी सम्पादकः गौरी भट्ट
सुचना विभाग दर्ता २५७/२०७३–०७४
पर्यटन खबर जानकारी हरेक पल तपाईंहरु को साथमा तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया पठाउनुहोला ।
Contact us: bhumrajtiwari@gmail.com
Mobile: 9851153708
© Copyright 2021 alwaysTourism.com All Rights Reserved.
Developed & maintained by Webtechline