MENU


चितवनमा पाँचौँ खिचरा महोत्सव हुँदै

khicharaचितवन, पूर्वी चितवनको खैरहनीमा यही पुस २८ गतेबाट खिचरा महोत्सव हुने भएको छ । भूमिपुत्रका रुपमा परिचित थारु समुदायको सांस्कृतिक महत्व उजागर गर्ने उद्देश्यले खिचरा महोत्सव आयोजना गरिने भएकोे हो । खैरहनी नगरपालिका–५ जबकौलीस्थित गौचरनमा हुने महोत्सवको यो संस्करण हो । करिब ६० प्रतिशत तयारी सकिएको महोत्सवका संयोजक नारायण महतोले जानकारी दिनुभयो । यस पटकको महोत्सवमा मुख्य आकर्षणका रुपमा पाँच फिटको घोँगी र चिचर रहने छ । साथै थारु संस्कृतिको हस्तकलाको प्रदर्शनीसमेत हुनेछ । माघ ८ गतेसम्म सञ्चालन हुने सो महोत्सव परिसरमा सजावटको काम भइरहेको छ । महोत्सवमा २०० कक्ष रहने छ । प्रचारप्रसार समितिका संयोजक कारी महतोका अनुसार महोत्सव परिसरभित्र प्रवेश गर्नका लागि रु ५० तथा विद्यार्थीका लागि रु २५ शुल्क लाग्नेछ । वृद्धावृद्ध र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । टिकट बिक्रीबाट संकलित रकम थारु संग्रहालय र इ–लाइब्रेरी बनाउनका लागि खर्च गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस