दाङ, दाङको तुलसीपुरमा रहेको टरिगाउँ एयरपोर्टबाट समिट एयरले आइतबारदेखि उडान भर्न सुरु गरेको छ । तुलसीपुर उपमहानगरपालिका र समिट एयर बीच भएको सहमति अनुसार आइतबार देखि समिट एयरले उडान भर्न सुरु गरेको हो ।समिट एयरको विमान एक बजेर ९ मिनेट जाँदा टरीगाउँ एयरपोर्टमा अवतरण गरेको थियो । टरिगाउँ एयरपोर्टमा ०७२ साल चैत २ गतेपछि विमान सेवा अवरुद्ध भएको थियो ।१ वर्ष १० महिनाको अन्तरालमा फेरि विमान सेवा सुरु भएपछि दाङवासी हषिर्त भएका छन् । विमान आएको खुसीयाली मनाउन एयरपोर्टमा सर्वसाधारणको बाक्लो उपस्थिति थियो । उनीहरुले विमानको निरन्तरताको लागि जनप्रतिनिधिमहरुलाई भूमिका खेल्न आग्रह पनि गरेका थिए ।१६ जना यात्रु लिएर आएको जहाँज सिटक्षेमता अनुसार १८ जना यात्रु लिएर एक वजेर ४३ मिनेट जाँदा काठमान्डौका लागि उडेको थियो । जहाँजबाट ओर्लिने क्रममा उपप्रधान मन्त्री कृष्ण बहादुर महरा, एमाले नेता तथा प्रदेश सभा सदस्य प्रकाश ज्वाला, प्रतिनिधि सभा सदस्य हिराचन्ऽ केसी, तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डे, पाईलट, कोपाइलटलाई सयौ सर्वसाधरणनागरिकहरुले बाजागाजा सहित फुलमाला लगाएर भव्य स्वागत गरेका थिए ।समिट एरले हप्तामा दुई दिन आइतबार र शुक्रबार दाङ काठमान्डौका लागि उडान भर्ने नगर प्रमुख घनश्याम पाण्डेले बताए ।उनले सवैको प्रयासमा विमान संचालनमा आएको बताउदै अब समृद्धिको ढोका खुलेकाले दाङ जुरुक्कै उठ्ने बताए ।
१३ असोज, झापा । पर्यटन प्रवद्र्धनलाई बढवा दिने उद्देश्यले झापाका चारजना युवाले रु दुई करोडको लगानीमा ‘द वल्र्ड फन पार्क’ निर्माण गरेका छन्...
धादिङ, गणेश हिमाल पर्यटन विकास समितिले धादिङ जिल्लाको उत्तरी क्षेत्र रुवी भ्यालीलाई संरक्षित क्षेत्र बनाउन पहल थालेको छ । प्रशस्त्र पर्यटकिय सम्भावना रहेर...
३१ असार,कठमाडाै। विश्व सम्पदा सूचीमा परेकाे बौद्ध क्षेत्रको मूल सडक कालोपत्र भएको एक वर्ष नपुग्दै भत्कन थालेको छ ।काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनाले...
सुरज न्यौपाने, काभ्रेपलान्चोक जिल्लाको ग्रामिण पर्यटनको प्रवद्र्धन गर्ने उदेश्य सहित १५ बैशाख शनिवार हाइकिङ आयोजना हुदै छ । पर्यटन प्रवद्र्धन, स्थानिय कला संस्कृतिको...
२ भदाै ,काठमाडाै। मुगु जिल्ला सदरमुकाम गमगढीबाट नेपालकै ठूलो ताल रारा जाने छोटो दूरीको पर्यटकीय मार्ग निर्माणको अन्तिम चरणमा पुगेको छ । छायाँनाथ...
अलवेज फन मिडिया प्रा.लि. दारा संचालित अलवेज टुरिजम डट कम नेपालटार,काठमाण्डौ ९८५११५३७०८
अध्यक्ष प्रधान सम्पादकः भुमराज तिवारी
कार्यकारी सम्पादकः गौरी भट्ट
सुचना विभाग दर्ता २५७/२०७३–०७४
पर्यटन खबर जानकारी हरेक पल तपाईंहरु को साथमा तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया पठाउनुहोला ।
Contact us: bhumrajtiwari@gmail.com
Mobile: 9851153708
© Copyright 2021 alwaysTourism.com All Rights Reserved.
Developed & maintained by Webtechline