लमजुङ , प्रकृतिको बरदानयुक्त लमजुङको राइनासकोट नगरपालिका वडा नं ९ स्थित ऐतिहासिक राइनासकोट यतिखेर घरबास (होमस्टे) कार्यक्रमसँगै पर्यटकीय गन्तव्यका लागि परिचित हुँदै गएको छ ।
विसं २०७२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त पूर्वी लमजुङको ऐतिहासिक र धार्मिक महत्व रहेको यस पर्यटकीय गाउँमा अमेरिकी नागरिक नातासा ओजानायकको विशेष सहयोगमा पुनःनिर्माणसँगै घरबास शुरु भएको हो । भूकम्पअघि घरबास चलाउन स्थानीय जागरुक बने पनि भूकम्पपछि अमेरिकी नगारिकले एक सामुदायिक भवनसहित १४ घर निर्माण गरिदिनुभएपछि स्थानीयबासिन्दा आय आर्जनका लागि होमस्टे प्रति आकर्षक हुँदै गएका हुन् । स्थानीय माई आमा समूहकी अध्यक्ष विष्णुकुमारी गुरुङका अनुसार हाल गाउँका १३ वटा घरमा घरबास सञ्चालन गरिएको छ । उहाँका अनुसार विसं २०६२ मा लमजुङ उद्योग वाणिज्य संघले एकहप्ते घरबास तालीम दिए पनि त्यसयता कुनै पनि संस्थाले त्यस किसिमको तालीम दिएका छैनन् । घरबासका लागि १३ वटा घरमा ८४ जनासम्म राख्न सकिने अवस्था रहेको जानकारी दिँदै उहाँले यहाँ आउने पर्यटकलाई स्थानीय खसी तथा कुखुराको मासुसहित गाउँमा नै उत्पादित प्राङ्गारिक तरकारी तथा अन्नका परिकार खुवाउने गरेको बताउनुभयो । पर्यटकलाई कोदाको सेलरोटी तथा मकै, गेडागुडीसहित तामा, गुन्द्रुक, भटमासको अचारका परिकारको स्वाद लिने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । राइनासकोट पुग्ने पर्यटकलाई प्रतिकोठा रु ६००, मासुसहितको खाना रु ३०० राखिएको छ भने नास्ताका लागि रु ६० लिने गरिएको घरबास सञ्चालन गर्दै आएकी रामतियारी गुरुङले जानकारी दिनुभयो । यहाँ पुग्ने पर्यटकले स्थानीयरुपमा कोदोबाट तयार गरिएको मदिराको पनि स्वाद लिन पाउँछन् । “पछिल्ला दिन घरबासमा बस्नका लागि ठूलो संख्यामा स्वदेशी एवं विदेशी पर्यटक यो गाउँमा आउन थालेका छन्”– उहाँले भन्नुभयो, “गाउँको शिरमा रहेको राइनासकोटबाट लमजुङ हिमालसहित मनास्लु, अन्नपूर्ण, माछापुच्छ«ेका साथै धवलागिरिजस्ता हिमालको एकसाथ अवलोकन गरी पर्यटक रमाउने गरेका छन् ।” सूर्योदयको पनि अवलोकन गर्न सकिने एक हजार ८०० मिटर उचाइको यहाँबाट कास्की, तनहँु, गोरखा, चितवन, धादिङ, नवलपरासीलगायतका १६ वटा जिल्ला एकसाथ देख्न सकिने स्थानीय समाजसेवी पूर्णबहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार भूकम्पपछि निर्माण गरिएका भूकम्प प्रतिरोधी पुरानै शैलीका भवन अमेरिकी नागरिक नातासाको रु दुई करोड ७५ लाख स्थानीयवासीको रु ७५ हजार गरी कूल रु तीन करोड ५० लाखको लागतमा निर्माण गरिएको छ । गल्लीमा बत्ती जडान गर्नुका साथै प्रत्येक घरका पिँढी आँगन, आकाशे पानीको व्यवस्थापन पुरानैशैलीमा गरिएको छ । राइनासकोटमा रहेका केही पुराना घरलाई पौराणिक महत्व झल्काउन पहिलैकै स्वरुपलाई सुरक्षितसँग राखिएको छ भने गुरुङ जातिको बस्ती रहेको यस गाउँमा स्थानीयको कला, संस्कृतिलाई जोगाउन संग्रहालयसमेत स्थापना गरिएको छ । कृषि पर्यटनको पनि उत्तिकै सम्भावना बोकेको यस गाउँका प्रत्येक घरमा कृषि र पशुपालनका साथै तल्लो भागमा अलैँची खेती शुरु गरिएको छ । नेपालका बाइसेचौबिसे राज्यकालमा तत्कालीन राजकुमार द्रब्य शाह बसेको राइनासकोट पुग्न लमजुङ प्रवेशद्वार पाउँदीबाट १३ किलोमिटर हुँदै दूघपोखरी मार्ग र त्यहाँबाट झण्डै २० मिनेटको सिँढी उक्लनुपर्छ । यहाँस्थित ऐतिहासिक राइनासकोट किल्लासहित कालिका, कोटेश्वर महादेव, थानीमाई मन्दिर र अन्य कोट, किल्ला र गढीलगायतका ऐतिहासिक सम्पदा जीर्ण अवस्थामा रहेकामा यस वर्ष नगरपालिकाले संरक्षणका लागि रु १० लाख छुट्याएको कार्यकारी अधिकृत देवबहादुर अधिकारीले बताउनुभयो । यहाँको बढ्दो पर्यटकीय आकर्षणलाई दृष्टिगत गरी यहाँ पुग्ने सिँढी बाटोका लागि रु १० लाख पनि विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो ।
काठमाण्डौ, नेपाली मौलिक कला तथा संस्कृतिलाई अन्तराष्ट्रियकरण गर्ने उदेश्य सहित काठमाण्डौ जिल्ला प्रशासन कार्यालयमा एक्सिसेवल आर्ट एण्ड कल्चर नामक संस्थाको स्थापना भएको छ...
पोखरा, स्र्पोटर्स टुरिजम फोरम नेपालले पोखरामा खेलपर्यटन प्रवद्र्धन गर्न हिजो विविध खेलकुद प्रतियोगिता सम्पन्न गरेको छ । नेपाल र भारतविचको सम्बन्धलाई खेलकुदका माध्यमबाट...
धनकुटा, बाह्रै महिना तरकारी उत्पादन हुने धनकुटामा रु चार अर्ब ३५ करोड बराबरको तरकारी बिक्री भएको छ । सिँचाइको सुविधा भएका क्षेत्रमा व्यावसायिक...
४ साउन, काठमाडौँ।साहित्यकार झमक घिमिरेलाई सरकारले घर हस्तान्तरण गरेको छ । शनिबार घिमिरेको घर हस्तान्तरण कार्यक्रममा बोल्नुहुँदै प्रधानमन्त्री पत्नी राधिका शाक्यले उहाँको अवस्थाबारे...
नुवाकोट, नुवाकोटको ऐतिहासिक क्षेत्र चिम्टेश्वर, देविघाट र नुवाकोट दरबारलाई समेटेर विकास क्षेत्र समिति गठन गरिने पर्यटनमन्त्री भानुभक्त ढकालले बताउनु भएको छ । शनिवार...
अलवेज फन मिडिया प्रा.लि. दारा संचालित अलवेज टुरिजम डट कम नेपालटार,काठमाण्डौ ९८५११५३७०८
अध्यक्ष प्रधान सम्पादकः भुमराज तिवारी
कार्यकारी सम्पादकः गौरी भट्ट
सुचना विभाग दर्ता २५७/२०७३–०७४
पर्यटन खबर जानकारी हरेक पल तपाईंहरु को साथमा तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया पठाउनुहोला ।
Contact us: bhumrajtiwari@gmail.com
Mobile: 9851153708
© Copyright 2021 alwaysTourism.com All Rights Reserved.
Developed & maintained by Webtechline