MENU


आन्तरिक र विदेशी पर्यटकको आकर्षक गन्तव्यस्थल बन्दै होटल भ्यू भक्तपुर

गौरी भट्ट/भक्तपुर, एक वर्ष अघि संचालनमा आएका होटल भ्यू भक्तपुर आन्तरिक र बाह्य पर्यटकको अत्यधिक रोजाईमा पर्न थालेको छ । अरनिको राजमार्ग अन्तर्गत जगाती पेट्रोल पम्पसँगै रहेको होटलमा हाल ३७ वटा डिलक्स रुम संचालनमा आएको होटलका म्यानेजर तारारत्न स्थापितले बताउनु भयो ।

ग्राहकको अत्यधिक मागको कारण हाल होटलमा थप १५ वटा डिलक्स मिनि किचन सहितको कोठाहरु निर्माणाधिन अवस्थामा रहको छ । होटलबाट भक्तपुर आसपासको भ्यू हेर्न तथा नजिकै रहेको इटाभट्टाको समेत अवलोकन गर्न सकिन्छ । भक्तपुर सांस्कृतिक शहर भएकोले सांस्कृतिक मूल्य मान्यतालाई मध्यनजर गर्दै होटलको आन्तरिक डिजाइन गरिएको छ । एक वर्षको अवधिमा होटलको व्यापारबाट आफु उत्साहित भएकोले थप लगानी गर्न लागेको उहाँले बताउनु भयो ।

चिनसँग सिमा नाका जोडिएको तातोपानी नाका संचालनमा आएमा होटलको व्यापार अझ बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
१०० सय जना क्षमताको सुविधायुक्त कन्फेरेन्स हल प्राय दिनहुँ व्यस्त हुने गरेको छ । आइएनजिओ, एनजिओ, कर्पोरेट हाउस तथा कलेजका विभिन्न सेमिनार र गोष्ठिको लागि सो हलको बढि मात्रामा उपयोग भइरहेको स्थापितले बताउनु भयो ।

स्वमिङ पुल,साउना र स्टिम वाथ थपिदै
ग्राहकहरुको चाहनामा हाल होटलमा होटलको पूर्वतिरको भागमा आकर्षक स्वमिङ पुल निमार्ण अन्तिम चरणमा पुगेको छ । लक्जरी बसाई र पारिवारिक तथा शान्त स्थानमा रहको होटलमा स्विमिङ पुल निमार्ण पछि थप ग्राहकहरु बढ्ने होटलको विश्वास छ । होटलको पाहुना तथा दिवा पाहुनालाई समेत स्वमिङ पुलको मज्जा लिन सकिने गरी काम अगाडी बढिरहेको छ । स्वमिङ पुल सँगैको छेउमा साउना तथा स्टिम वाथपनि निमार्ण हुदै छ । मिनि कफी वार र नजिकै रहेको रेष्टुरेन्टबाट खाना तथा खाजाको अडर गर्न सकिने छ । यहि फागुन अन्तिमबाट ग्राहकलाई खुल्ला गर्ने गरी काम भइरहको होटलले बताएको छ । सोही होटलले नगरकोटमा समेत अर्कोवर्षबाट संचालनमा आउने गरी सुविधायुक्त होटल निमार्ण गरिरहेको छ ।

होटलका केही तस्विरहरु

3 21686330_1426243347429578_2160958890882218600_n 17362702_10208848639321164_9187920824571657402_n 17498764_1485037921509013_7821138218401067707_n 17522803_1485039618175510_1992268238001600790_n 17629803_1485047011508104_1550637636115859033_n 18952586_1563816546964483_5260945481366488620_n 18057020_1516774405002031_8675407405296569282_n 20882116_1640194925993311_4668481979853841805_n 21765069_1673519872660816_2292208966701205251_n 21686256_1673520359327434_656104371567336454_n 21761942_1676978062314997_4309734138573179530_n 17458439_1208895969229035_821729118095834545_n

प्रतिक्रिया दिनुहोस