मकवानपुर, मकवानपुर जिल्लाको थाहा नगरपालिका १ कुन्छाल गाउँमा होमस्टेको सुरुवात भएको छ । राजधानीबाट नजिकको पर्यटकिय क्षेत्र कुन्छाल होमस्टेको लागि उपयुक्त भएको गाउँ पर्यटन प्रवद्धन मञ्चका अध्यक्ष कमल सापकोटाले बताउनु भयो ।
गत आईतबार गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ)ले आयोजना गरेको ‘कुन्छाल गाउँ अवलोकन भ्रमणमा पर्यटनकर्मी, पत्रकार र स्थानियहरुको सहभागितामा एक भव्य कार्यक्रमको आयोजना भएको टानका पूर्व महासचिव कर्ण लामाले बताउनु भयो ।
‘विश्व पर्यटन दिवसको अवसरमा कुन्छाल गाउँलाई पर्यटन गन्तव्यको रुपमा घोषणा गरिएको भिटोफ नेपालका उपाध्यक्ष दीपक दाहालले बताउनु भयो । चन्द्रागीरि नजिकै रहेको होमस्टे ट्रेकिङको संभावना बोकेको क्षेत्र रहेको तथा गोपालीहरुको ऐतिहासिक बस्ती,यहाँको मुख्य आकर्षण बन्न सक्ने टानका अध्यक्ष नवराज दाहालले बताउनु भयो ।
थाहा नगरपालिकाका मेयर लभेश्वर विष्टले आफूहरुले पर्यटनलाई थाहा नगरपालिकाको प्रमुख आधारको रुपमा विकास गर्ने बताए । ‘कृषि पर्यटन र पूर्वाधार थाहा नगरको पूर्वाधार भन्ने हाम्रो नगरपालीकाको नारा नै छ,’ उनले भने,‘प्रचार प्रसारको कमीले कुन्छाल गाउँ पछाडी परेको हो ।’‘काठमाडौं भित्र उकुशमुकुश छ । एक घण्टा मात्रै बाहिर निस्कन पाउने ठाउँ छैन । यदि काठमाडौं चित्लाङको बाटो बन्यो भने एक घण्टामा हामी काठमाडौंबाट यहाँ आईपुग्छौँ,’ उनले भने,‘हामी एक वर्ष भित्र यसलाई कुन्छाललाई पर्यटकीय गाउँ बनाउने छौँ । होमस्टेमा हामी बजेट खर्च गर्छौं । यो मेरो दायीत्व हो ।
नेपाल पर्यटन बोर्डका निर्देशक मणि लामिछानेले कुन्छाल गाउँलाई बोर्डले सन् २०११ देखि पर्यटकीय गन्तव्यको रुपमा अघि सारेको बताए । उनले थाहानगरपालिकाको उत्तरी क्षेत्र रहेकाले चित्लाङमा आउने पर्यटक कुन्छाल गाउँ अवश्य आउने बताउँदै होमस्टे ट्रेकिङ ट्रेल संभावना औँल्याए ।
कुन्छाल गाउँमा करिब २ सय परिवार गोपालीहरु बसोबास छ । गोपालीहरुको आफ्नै भाषा र मौलिकता रहेको छ । निरन्तर गाउँको सम्भाव्यतालाई अनुगमन गरिरहने भिटोफ नेपालको कार्यक्रम संयोजक जस्फा पाण्डेले बताउनु भयो ।
१ साउन, काठमाडाै। चिया निर्यातमा भारत लैजानका लागि चिया बिक्रेताले यस पटक दोहोरो खर्च झेल्नुपरेको छ । चिया लैजानका लागि भन्सारमा...
नेपाल एसोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) को अध्यक्षमा वर्तमान प्रथम उपाध्यक्ष सी एन पाण्डेले औपचारिक रुपमै उम्मेदवारी घोषणा गरेका छन ।...
काभ्रेपलान्चोक जिल्ला सापिङ गाविस वडा नं.१ गैरीटोलमा जन्मनु भएका साधुराम गिरी ५३ वर्षको हुनुभयो । कक्षा ८ सम्म गाउँकै विद्यालयमा अध्ययन गरी २०४४...
२७ माघ, काठमाडौं । हितेन्द्रदेव शाक्य नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले कायममुकायम कार्यकारी निर्देशक रहेका...
–शर्मिला पाठक काठमाडौँ । काठमाडाँै महानगरपालिकाले कर असुल गर्न कडाइ गरेपछि यहाँस्थित तारे होटल करको दायरामा आउन थालेका छन् । काठमाडौँ महानगरपालिकाका राजस्व...
अलवेज फन मिडिया प्रा.लि. दारा संचालित अलवेज टुरिजम डट कम नेपालटार,काठमाण्डौ ९८५११५३७०८
अध्यक्ष प्रधान सम्पादकः भुमराज तिवारी
कार्यकारी सम्पादकः गौरी भट्ट
सुचना विभाग दर्ता २५७/२०७३–०७४
पर्यटन खबर जानकारी हरेक पल तपाईंहरु को साथमा तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया पठाउनुहोला ।
Contact us: bhumrajtiwari@gmail.com
Mobile: 9851153708
© Copyright 2021 alwaysTourism.com All Rights Reserved.
Developed & maintained by Webtechline