भुमराज तिवारी/काठमाण्डौ, अनलाइन मार्फत पर्यटकहरुलाई विश्वभरका गाइडहरुसँग प्रत्यक्ष सेवा प्रदान गर्ने टुरएचक्यू ले ग्लोवल गाइड अर्वाड २०१८ को नतिजा सार्वजनिक गरेको छ । विदेशीहरुले आफुले घुमेको गन्तव्य तथा गाइडहरुको व्यवहार, संचार सिप, ज्ञान तथा प्रस्तुतिलाई आधार मानेर प्रतिक्रियाको आधारमा टप १०० सार्वजनिक गरिएको हो ।
कुल २६ हजार ५१ जना गाइडहरु सहभागि रहेको टुरएचक्यूमा १३१४० वटा टुर को ४६८८ गन्तव्यको समिक्षा भएको थियो । यसवर्ष ग्लोवल अर्वाडमा अमेरिकाको रेड्डी विव पहिलो, तान्जानिया माउन्ट किलमन्जरोका डेनिस सायो दोश्रो र श्रीलंकाका दमिथ दिलसान (दम) तेस्रो भएका छन् ।
नेपालबाट पोखराका हेमराज वास्तोला १३ औ नम्बरमा पर्नु भएको छ । गतवर्ष पनि नेपालबाट हेमराज वास्तोला पहिलो हुनुहुन्थ्यो । नतिजा सार्वजनिक भएपछि प्रतिक्रिया दिदै वाँस्तोलाले आफनो कायको मूल्याङकन भएको र पर्यटन क्षेत्रमा रहेर विदेशीलाई आफनो देश घुमाउन पाएकोमा खुसी लागेको बताउनु भयो । नेपालबाट टप १०० भित्र पर्ने अन्य गाइडहरुरुमा सुसान मानन्धर १७ औ, पारसमणि अंम्गाई ३४ औ, राजेन्द्र धमला ४५, शिव सेढाई ५१ औ, जय नारायण भण्डारी ५७ औ, अनिल मानन्धर ५८ औ, दिपक अर्याल ६९ औ, अशोक सिलवाल ७० औ, विकास श्रेष्ठ ७६ औ, सुरज गुरुङ ८१ औ, पूर्ण कार्की ९० औ स्थानमा हुनुहुन्छ । १२ जना गाइडहरुमा सुसान मानन्धर महिला गाइड हुनुहुन्छ ।
नेपालमा पर्यटक बढेसँगै पर्यटकलाई घुमाउने पेशामा संलग्न गाइडहरु बढिरहेका छन् । यो नतिजाले नेपालको पर्यटन क्षेत्र सकारात्मक दिशातिर उन्मुख भइरहेको तथा दक्ष गाइडहरु बजारमा आउन सघाउ पुग्ने ग्लोवल गाइड अर्वाडमा नेपालबाट तृतिय हुनु भएको पारसमणि अम्गाई ले बताउनु भयो ।
काठमाण्डौ, टेकिङ गाइड एसोसियसन अफ नेपाल टिगानका अध्यक्ष कर्ण घलेको निधन भएको छ । लामो समय देखि मृगौला रोगका कारण पीडित घले उपचार...
पोखरा, महिला पर्यटन व्यवसायी मञ्च को दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभा पोखरामा सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत रुपमा पार्वती पाण्डे निर्वाचित...
गोरखा, गोरखा सदरमुकाम हरमटारीमा साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको नयाँ शाखा आइतबारबाट संचालनमा ल्याएको छ । शाखाको नेपाल राष्ट्र बैंकका सञ्चालक समिति सदस्य...
१० माघ, काठमाडौं । पर्यटन विभागले आफ्नो सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन कम्प्युटर रेकर्ड प्रणाली सुरु गरेको छ । पुरानो फाइलको व्यवस्थापन गरी...
नेपाल एसोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) को अध्यक्षमा वर्तमान प्रथम उपाध्यक्ष सी एन पाण्डेले औपचारिक रुपमै उम्मेदवारी घोषणा गरेका छन ।...
अलवेज फन मिडिया प्रा.लि. दारा संचालित अलवेज टुरिजम डट कम नेपालटार,काठमाण्डौ ९८५११५३७०८
अध्यक्ष प्रधान सम्पादकः भुमराज तिवारी
कार्यकारी सम्पादकः गौरी भट्ट
सुचना विभाग दर्ता २५७/२०७३–०७४
पर्यटन खबर जानकारी हरेक पल तपाईंहरु को साथमा तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया पठाउनुहोला ।
Contact us: bhumrajtiwari@gmail.com
Mobile: 9851153708
© Copyright 2021 alwaysTourism.com All Rights Reserved.
Developed & maintained by Webtechline