MENU


ककनीमा गाइडहरुलाई ‘हेली मार्सल’ तालिम (फोटो फिचर)

भुमराज तिवारी/ककनी  नुवाकोटको ककनीमा रहेको नेपाल पर्वतारोहण संघको अन्तराष्ट्रिय पर्वतारोही स्मृति उद्यान क्षेत्रमा आज पर्यटक गाइडहरुलाई तेस्रो हेली मार्सल तालिम सम्पन्न भएको छ ।

नेपाल पर्वतारोहण संघले उच्च हिमाली तथा टेकिङ क्षेत्रमा क्रियाशिल गाइडहरुलाई आपतकालिन उद्धारमा सघाउ पु¥याउन तालिम आयोजना गरिएको एनएमका कोषाध्यक्ष शुर्दशन न्यौपानेले बताउनु भयो । तालिम कार्यक्रममा दुई महिला गाइड सहित ५८ जना सहभागि रहेका थिए ।

पदयात्रा र पर्वतारोहणका क्रममा उद्धार र हेलिकोप्टर प्रयोग गर्दा ख्याल पु¥याउनु पर्ने प्राविधिक ज्ञानका विषयमा स्रिमिक एयरका पाइलट सिद्धार्थजंग गुरुङ, आनन्द थापा, हरेराम थापा र इटालीका माटेओ प्रोपेराले प्रयोगात्मक प्रशिक्षण दिनुभएको थियो । उद्धारमा ख्याति प्राप्त प्रमुख प्रशिक्षक छिरिङ पाण्डे भोटे तथा र छिरिङ डेण्डुप भोटेले सहभागिहरुलाई सहजीकरण गर्नुभएको थियो ।

तिन दिन सम्म चलेको तालिम कार्यक्रमको दोश्रो दिनमा मेडिसिटी अस्पतालको हेली प्याडमा लगि आकस्मिक उद्धार र उपचार समन्वयको बारेमा तालिम प्रदान गरिएको तालिम कार्यक्रमका संयोजक तुल सिंह गुरुङले बताउनु भयो ।

प्रयोगात्मक तालिम मार्फत हेलिकोप्टर सम्बन्धी आधारभूत जानकारी, मौसमको अनुकुलता, पाइलटसँगको संचार सहकार्य, चढ्ने र ओर्लिने प्रक्रियाको बारेमा सिकेको बोधि एड्भेन्चर प्रा.लि. का प्रबन्धक मनराज गुरुङले बताउनु भयो । तालिम कार्यक्रमलाई निरन्तर तथा थप परिस्कृत ढंगबाट संचालन गर्न एनएमए तयार रहेको सदस्य कपिल पाण्डेले बताउनु भयो । प्रमाणपत्र वितरण गर्दैै एनएमएका महासचिव कुलबहादुर गुरुङले आफुले ४४ वर्षको उमेरमा पनि उत्साहपद तरिकाले व्यवहारिक ज्ञान सिकेको र यसको व्यवहारिक ज्ञान आपतकालिन अवस्थामा अन्य क्षेत्रको उद्धारमा समेत सघाउ पुग्ने भएकोले गाइडहरुले सधै उत्सुक भइ आफुले सिकेको कुरा व्यवहारमा देखाउनु पर्ने बताउनु भयो । कार्यक्रमको संचालन संघका सचिव टिकाराम गुरुङले गर्नुभएको थियो ।

पर्यटन क्षेत्रमा हेलिकप्टरको प्रयोग मार्फत सामान ओसार्ने देखी मान्छे घुमाउने सम्मको व्यवस्था छ । समय अभाव हुने तथा हिडेर हिमालको फेदीसम्म पुग्न नसक्ने व्यक्तिहरुलाई हेलिकप्टर मार्फत फेदी सम्म पु¥याई फर्काउने गरिएको छ । बढि उचाइमा कम तौल बोक्न सक्ने भएकोले हेलिकप्टरबाट दृश्यावलोकनमा जाँदा तौल तथा उचाई हेरेर बढिमा ५ जनासम्म लाने ल्याउने प्रचलन रहेको एक्सोडस ट्राभलका टिम लिडर चन्द्र खाँड ठकुरीले बताउनु भयो ।

हेली मार्सलका केही दृश्यहरु (फोटो, रमेश तामाङ, प्रबन्धक कम्युनिटी ट्रेक)

 

_DSC9911

 

 

 

 

 

 

 

 

 

29745812_10156497342671282_2087931855_n

 

 

 

 

 

 

 

 

 

 

 

_DSC9758 (1)

प्रतिक्रिया दिनुहोस