भुमराज तिवारी /ठमेल, राजधानी काठमाण्डौको अति व्यस्त पर्यटकिय गन्तव्य ठमेल र त्यसमा पनि धेरै व्यस्त नरसिहं चोक नजिकै चि वहालमा छ महिना अघि खुलेको नेपाल स्पा एण्ड वेलनेस सेन्टर मसाज पारखीहरुको रोजाईमा पर्न थालेको छ । दैनिक सरदर ५० जनालाई आफनो सेवा दिइरहेको स्पाले आफनो सेवामा थप परिस्कृत गर्दै लगेको छ । काभ्रेपलान्चोक तिमालका मोहनराज पाण्डेले ६० लाख रुपैयाको लगानीमा संचालनमा ल्याउनु भएको स्पामा एक पटकमा १५ जना ग्राहकले सुविधा लिन सक्छन । मसाज सगै स्टिम, साउना तथा पार्लरको सुविधा रहेको स्पा बिहान आठ बजेदेखि बेलुकी १० बजेसम्म संचालनमा रहन्छ ।
मसाज भन्ने वितिकै यौनजन्य गतिविधि हुन्छ भन्ने मान्यतालाई चिर्न आफुले यस पेशालाई थप व्यवसायिकिकरण गर्न लागिपरेको पाण्डेले बताउनु भयो । बुबा आमा दुवैलाई आफनो मसाजको सेवा दिएर अनुभव गर्न लाएपछि उहाँहरु खुसी हुनु भएको र छोराको पेशाप्रति गौरव गर्न थालेको पाण्डेले बताउनु भयो ।
नेपालमा अहिले पनि मसाजमा काम गर्ने दक्ष जनशक्तिको अभाव रहेको छ । अधिकांश महिलाहरु विवाहपछि पारिवारिक दायित्व तथा समाजमा पेशाप्रतिको बुझाईको कारण यस पेशामा फर्कन सक्दैनन् । कतिपय आकर्षक तलव र सुविधाको कारण विदेशतिर गइरहेका छन् । मुख्य समस्या दक्ष जनशक्ति उत्पादन गरी गुणस्तरीय सेवा प्रदान गर्नु रहेको छ । मसाज स्वास्थ्य तथा मनोविज्ञानसँग सम्बन्धित पेशा भएकोले ग्राहकको चाहना तथा स्वास्थ्य अवस्थालाई मध्यनजर गरी सेवा प्रदान गर्नुपर्ने सेवामुलक व्यवसाय हो । तनाव कम गर्न मसाजले धेरै मदत गर्दछ ।
उद्यमशिलतालाई जीवनको लक्ष बनाउनु भएका पाण्डेले विद्यालय जीवनदेखि नै फुर्सदको समयमा घडी, रेडियो मर्मतमा आफुलाई पोख्त राख्नु भएको थियो । केही समय वैदेशिक रोजगारीको लागि दुवई समेत पुग्नु भएका उहाँले त्यहाँको दैनिकीबाट विरक्तिएर आफनै देशमा मेहेनत गरेमा ठूलो सम्भावना सँगै अरुलाई समेत रोजगार सृजना गर्न सक्ने अवस्था देखेर नेपाल फर्किएर यो पेशामा संलग्न हुनु भएको हो । स्वाभिमानलाई आत्मसात गदै उहाँले आफनै देशमा धेरै सम्भावना देखेर विदेशी जागिरलाई त्याग्नु भएको हो ।
रियल थेरापी एण्ड व्युटि प्वाइन्टमा काम गर्दा आफनो नेतृत्वकलाको पहिचान भएपछि २९ वर्षिय पाण्डेले आफैले यो पेशामा नेतृत्व लिनु भएको हो । ठमेलमा दैनिक सरदर स्वदेशी नै करिव २०० जना मसाजको नियमित ग्राहक रहेको बताउदै पाण्डेले मसाज स्वास्थ्य तथा शारिरीक स्फूतिको लागि सवै उमेरका व्यक्तिको लागि अति आवश्यक रहेको बताउनु भयो । विशेषगरी महिलाहरुमा स्वास्थ्य तथा सौन्दर्यप्रतिको चेत बढ्दै गरेकोले नेपाली महिलाहरु निर्धक्क मसाजमा रमाउन थालेको देख्दा आफुलाई खुसी लाग्ने गरेको पाण्डेले बताउनु भयो ।
निकट भविष्यमा नेपालमा नै पहिलोपल्ट नेपाल स्पाले हिमालय साल्ट टिट्रमेन्ट का माध्यमबाट खुट्टा गन्हाउने, शरीरका विकारलाई बाहिर ल्याउन सघाउ पुरयाउने उपचार पद्धतिको सुरुवात गर्न लागेको छ । त्यसैगरी हप्तामा एक दिन निशुल्क आयुवेदिक डाक्टरबाट परामर्श तथा स्वास्थ्य जाँच गराउने तयारी समेत अन्तिम अवस्थामा पुगेको छ । आफनो स्वास्थ्यको ख्याल आफैले गर्न सकेमा रोग लागेर उपचारमा खर्चनुपर्ने धेरै रकम बच्ने पाण्डेले बताउनु भयो ।
आफनो कमाईको कम्तिमा १० प्रतिशत आफुले अध्ययन गरेको विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृति प्रदान गदै आउनु भएका पाण्डेले सामाजिक कार्यमा समेत आफुलाई संलग्न गराईरहनु भएको छ । अरुलाई दिन पाउँदाको खुसीले आफुलाई सकारात्मक कर्म गर्ने प्रेरणा मिलिरहेको बताउनु भयो ।
यानप्रसाद ढुङगेल, कोशीपारी यातायातको यात्रुबाहक बा ३ ख १५६८ नम्बरको बस अपरान्ह २ बजे काभ्रेपलान्चोक जिल्लाको कोलाती मुलावारी स्थित खड्काटोलमा दुर्घटना भएको छ...
काठमाण्डौ, टेकिङ गाइड एसोसियसन अफ नेपाल (टिगान) ले फागुन १२ गते काठमाण्डौ उपत्यकाको महत्वपूर्ण हाइकिङ गन्तव्य चन्द्रागिरी देखी फर्पिङ क्षेत्र सम्मको वृहत सफाई...
४ कात्तिक, काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको पाँचौं एवं अन्तिम दिन आज भाइटीका विदेशी नागरिकहरुले पनि मनाएका छन । हल्याण्डबाट १५ दिनका लागि...
५ फागुन, सोलुखुम्बु । दृष्यावलोकनका लागि प्रख्यात सोलुखुम्बुको पत्तालेमा निर्माण गरिने बुद्धपार्क पूर्व मन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले शिलान्यास गर्नुभएको...
४ साउन,काठमा छाङ्गरु गागामा निर्माण गरिन लागेको झोलुङगे पुलका लागि हेलिकप्टरमार्फत सामान ढुवानी शुरु गरिएको छ छाङ्गरु र तिङ्करका लागि खाद्यान्न ढुवानी गर्न...
अलवेज फन मिडिया प्रा.लि. दारा संचालित अलवेज टुरिजम डट कम नेपालटार,काठमाण्डौ ९८५११५३७०८
अध्यक्ष प्रधान सम्पादकः भुमराज तिवारी
कार्यकारी सम्पादकः गौरी भट्ट
सुचना विभाग दर्ता २५७/२०७३–०७४
पर्यटन खबर जानकारी हरेक पल तपाईंहरु को साथमा तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया पठाउनुहोला ।
Contact us: bhumrajtiwari@gmail.com
Mobile: 9851153708
© Copyright 2021 alwaysTourism.com All Rights Reserved.
Developed & maintained by Webtechline