MENU


काभ्रेको पुछेरे देखी नागीडाँडासम्म हाइकिङ

सुरज न्यौपाने, काभ्रेपलान्चोक जिल्लाको ग्रामिण पर्यटनको प्रवद्र्धन गर्ने उदेश्य सहित १५ बैशाख शनिवार हाइकिङ आयोजना हुदै छ । पर्यटन प्रवद्र्धन, स्थानिय कला संस्कृतिको जर्गेना तथा स्थानियलाई पर्यटनको लाभ बुझाउने उदेश्य सहित युवाहरुको संलग्नतामा स्थापना भएको लेट्स हाइर्कस नामक संस्थाको आयोजनामा कार्यक्रम हुन लागेको अरुण पन्थीले बताउनु भयो ।

करिब चार घण्टाको सो हाइकिङ कार्यक्रमलाई नेपाल पर्यटन वोर्ड, टान तथा अन्य पर्यटकिय तथा व्यवसायिक संस्थाहरुले समेत साझेदारी गरेका छन् । ५० भन्दा बढि युवाहरुको सहभागिता रसने लेट्स हाईकसका अभियन्ता राजकुमार राईले बताउनु भयो । काभ्रे काठमाण्डौबाट नजिक रहेर पनि पर्यटकिय गतिविधिमा सिमित स्थानमा मात्र खुम्चिएको भन्दै यसको दायरा फराकिलो बनाउन कार्यक्रम आयोजना गर्न लागिएको राईले बताउनु भयो । हाइकिङको क्रममा स्थानिय व्यक्तिहरुसँग साक्षात्कर, अन्तरक्रिया, नाँच गान तथा स्थानिय परिकार खुवाइने छ । सहभागिलाई कदर स्वरुप प्रमाणपत्रको समेत व्यवस्था गरिएको अरुण पन्थीले बताउनु भयो ।
धुलिखेल, पनौती र बनेपाले काभ्रेपलान्चोक जिल्लाको प्रमुख पर्यटकिय गन्तव्यको रुपमा परिचित छ । अहिलेसम्म नेपालको पर्यटन हिमाली क्षेत्रको पदयात्रामा मात्र सिमित रहकोले यसलाई मध्य पहाडी क्षेत्र, विशेषगरी चुरे पर्वतका श्रृखंलाहरुलाई समेत समेटेर स्थानियहरुको सहभागितामा होमस्टे, सास्कृतिक कार्यक्रम, प्याराग्लाइडिङ, साइकिलिङ जस्ता गतिविधिलाई तिव्रता दिन सके ग्रामिण दिगो पर्यटनमा ठूलो सघाउन पुग्ने टानका पूर्व महासचिव कर्ण लामाले बताउनु भयो । साहसिक पर्यटनका गतिविधिमा संलग्न हुन नसक्ने पर्यटकलाई गाउँघरका यस्ता गतिविधिमा समावेश गर्न सके नेपालको पर्यटनले गुणात्मक फड्को मार्ने लामाको विश्वास छ ।

27072910_755867707945312_8094719325640312119_n

प्रतिक्रिया दिनुहोस