बनेपा नेपालकै पुरानो शहरमा गनिन्छ । यातायात संचालन पूर्व हिडेर चिन देखी काठमाण्डौ प्रवेशको नाकाको रुपमा परिचित बनेपा धार्मिक तथा सास्ंकृतिक महत्वको प्राचिन शहर हो । काठमाण्डौको धुलो धुवाँबाट केही कम प्रभावित बनेपा मिनि काठमाण्डौ जस्तै छ । काठमाण्डौका अधिकांश सुविधा त्यहाँ पाइन्छ । काठमाण्डौबाट २६ किलोमिटर पूर्व दिशामा रहेको बनेपा पुग्न यातायातको सहज पहुँच छ । अहिले रिङरोड तथा कोटेश्वर हुदै ठूला सार्वजनिक साधन संचालन भएपछि काठमाण्डौसँगको यात्रा झन सहज भएको छ ।
बनेपामा पर्यटक स्तरीय होटलको अभावमा यहाँ आउने पर्यटकहरु धुलिखेलमै बस्नुपर्ने वा काठमाण्डौ फर्कनुपर्ने अवस्था थियो । यसै अवस्थालाई मध्यनजर गरी स्वदेशी तथा विदेशी पाहुनालाई अतिथी सत्कार गर्न एक वर्ष अघि बनेपा गोदामचोकमा सत्यम होटल संचालनमा आएको संचालक डा.भुषण श्रेष्ठले बताउनु भयो । सत्यम होटलमा हाल २२ वटा कोठाहरु पर्यटकको लागि उपलब्ध रहेको म्यानेजर साधुराम गिरीले बताउनु भयो । होटलमा १५० जना भन्दा बढि क्षमताको हल रहेको छ । त्यसैगरी ४० जना क्षमताको सानो हल पनि संचालनमा रहेको छ । स्थानिय कार्यक्रम देखी सभासमारोहलाई सो स्थान उपयुक्त रहेको संचालक डा. श्रेष्ठले बताउनु भयो ।
पाहुनाको आग्रह अनुसार सांस्कृतिक कार्यक्रम समेत संचालन गर्ने गरिएको छ । विशेषगरी नेपाली मौलिक नृत्य, धिमे नेवारी, तामाङ सेलो, शेर्पा, कौरा, मैथली, झुमा, पिकक तथा याक नृत्य देखाइने गरिएको छ ।
होटलमा सिंगल रुमको अठार सय, डबल रुमको चौविस सय र त्रिपल रुमको अठ्ठाइस सय तोकिएको छ । जुन पर्यटकिय अन्य होटलको तुलनामा सस्तो रहेको म्यानेजर गिरीले बताउनु भयो । पाहुनाहरुलाई बिहानी खाजा निःशुल्क दिने व्यवस्था गरिएको होटलले बताएको छ । अन्यत्र होटलमा बिहानी खाजाकाे लागि अतिरिक्त शुल्क लाग्ने गर्दछ । बनेपालाई गन्तव्य बनाउने पर्यटकको रोजाईमा हाेटल पर्दै गइरहेको संचालक डा. भुषण श्रेष्ठले बताउनु भयो ।
वनेपाबाट नजिकै रहेको आसपासका डाडाँहरुमा हिड्डुल गर्दै प्रकृतिको रस्वादन गर्न सकिन्छ । हाइकिङको लागि गोसाईथान, रविओपी, लाकुरीभञ्याङ, फुल्चोकीडाडाँ तथा महाभारत पर्वत श्रृंखला उपयुक्त गन्तव्य हो । वनेपाबाट पनौती बजार हिडेरै एक घण्टामा पुग्न सकिन्छ । पनौति ऐतिहासिक तथा पुरातात्विक सम्पदाले महत्वपूर्ण स्थल हो । विश्व सम्पदा क्षेत्रमा सुचिकृति हुन लागिरहेको पनौतिमा विभिन्न पर्वहरुमा मेला लाग्ने गर्दछ । नेपालको पर्यटन क्षेत्रको विकास र विस्तार हुदै गइरहेको अवस्थामा वनेपामा अन्य होटल संचालन गर्न समेत आधार तयार भएको छ ।
होटल सत्यमको ठेगाना
गोदामचोक बनेपा ७ काभ्रे
फोन नं. ०११६६२६७९ र ९८५१०८१८३८
इमेलः info@hotelsatyam.com
वेवः www.hotelsatyam.com.np
होटल सत्यमको तस्विरहरु
६ कत्तिक, काठमाडाैँ मुदीमा अवस्थित धौलागिरि हिमालको उचाई (८,१६७ मिटर)आधार शिविर जाने पदमार्ग साहसिक पदयात्राको रुपमा विकास हुन थालेको छ । अग्ला पहाड र...
२ साउन,काठमाडाे।गोटिहवास्थित पुरातात्विकस्थल अशोक स्तम्भ डुबानमा परेको छ । लगातार परेको वर्षाले गर्दा एक महिनादेखि स्तम्भ पानीमा डुबेको छ । बलौटे ढुङ्गाको स्तम्भ...
भुमराज तिवारी/काठमाण्डौ, अनलाइन मार्फत पर्यटकहरुलाई विश्वभरका गाइडहरुसँग प्रत्यक्ष सेवा प्रदान गर्ने टुरएचक्यू ले ग्लोवल गाइड अर्वाड २०१८ को नतिजा सार्वजनिक गरेको छ । विदेशीहरुले...
भुमराज/उज्जवल तिवारी साउन १६, नेपाल पर्वतारोहण संघ (एनएमए)को यही साउन २१ गते सम्पन्न हुन लागेको निर्वाचनका लागि लैनचौर बैङकेटमा जिम्बा जाङ्बु शेर्पाको प्यानल...
काठमाडौं । हिमालयन ट्राभल मार्ट आगामी जुन १ देखि ४सम्म काठमाडौंको सोल्टी होटलमा हुने भएको छ । नेपाललाई हिमालय क्षेत्रको प्रबेश मार्गको रुपमा...
अलवेज फन मिडिया प्रा.लि. दारा संचालित अलवेज टुरिजम डट कम नेपालटार,काठमाण्डौ ९८५११५३७०८
अध्यक्ष प्रधान सम्पादकः भुमराज तिवारी
कार्यकारी सम्पादकः गौरी भट्ट
सुचना विभाग दर्ता २५७/२०७३–०७४
पर्यटन खबर जानकारी हरेक पल तपाईंहरु को साथमा तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया पठाउनुहोला ।
Contact us: bhumrajtiwari@gmail.com
Mobile: 9851153708
© Copyright 2021 alwaysTourism.com All Rights Reserved.
Developed & maintained by Webtechline