काभ्रेपलान्चोक जिल्ला सापिङ गाविस वडा नं.१ गैरीटोलमा जन्मनु भएका साधुराम गिरी ५३ वर्षको हुनुभयो । कक्षा ८ सम्म गाउँकै विद्यालयमा अध्ययन गरी २०४४ सालमा नन्दीरात्रि माध्यमिक विद्यालय नक्साल काठमाण्डौबाट एसएलसी उतिर्ण गर्नुभएको गिरीले पिपल्स क्याम्पसबाट वि.ए सम्मको औपचारिक शिक्षा हासिल गर्नु भएको छ । वहाँले पेशागत जीवनमा धेरै क्षेत्रमा संलग्न रही सफलता हासिल गर्नुभएको छ । १४ वर्ष विभिन्न बोडिङ स्कूलहरुमा शिक्षण पेशामा संलग्न रहनु भएको वहाँले २ वर्ष सहकारीमा आफनो पेशागत जीवन व्यतित गर्नुभयो । १७ वर्षदेखि विभिन्न होटलमा कार्यरत रही आतिथ्य सत्कार पेशामा रमाइरहनु भएका गिरी हाल वनेपामा संचालित होटल सत्यमको म्यानेजरको रुपमा कार्यरत हुनुहुन्छ । त्यसअघि वहाँले धुलिखेल माउन्टेन रिर्सोटमा १० वर्ष सेवा गर्नुभएको छ ।
नेपाल अहिंसा प्रेमी समाजको सदस्य रहनु भएको वहाँ नवजीवन परोपकार समाजको आजीवन सदस्य हुनुहुन्छ । नेपाल रेडक्रस सोसाईटीको आजिवन सदस्य तथा नेपाल हद्यरोग प्रतिष्ठान काभ्रे शाखाको आजिवन सदस्य गिरी एम्नेष्टी इन्टरनेशनल नेपालसँग लामोसमय देखी सम्वद हुनुहुन्छ । पूर्व प्रहरी कर्मचारी परिषदको संस्थापक सचिव गिरीले १८ वर्षको उमेरमा पैतृक सम्पति नलिने घोषणा गनुभयो । आफनो पौरखले बाँच्नु पर्दछ र कर्मलाई साधनाको रुपमा विकास गर्नुपर्दछ भन्ने भावले अगाडी बढ्नु भएका गिरीले पैतृक सम्पतिले मानिसलाई लोभि बनाउने, परिवारमा विखण्डन ल्याउने तर्क गर्नुहुन्छ । २०४७ सालमा पुष्मादेवी जंगमसँग मागी विवाह गर्नुभएको गिरीको एक छोरा कम्प्युटर इन्जिनियर अध्ययनरत हुनुहुन्छ । काठमाण्डौ बस्ने वहाँहरु दिनहुँ धुलिखेल र वनेपाबाट ओहोरदोहोर गर्नुहुन्छ । वहाँको छोरा भेगन र श्रीमती भेजिटेरियन खानपानमा अभ्यस्त रहदै आउनु भएको छ ।
अव्राहम लिंकन र महात्मा गान्धिको विचारबाट प्रभावित गिरी सकेसम्म आफनो व्यतिगत कामहरु आफै गर्नुहुन्छ । खाना पकाउने, लुगा धुने तथा सरसफाईमा श्रीमतीलाई सदैव साथ दिनुहुन्छ । महिलालाई बोलीले मात्र होइन व्यवहारले सम्मान गर्दै शशक्तिकरणमा सहयोग गर्नुपर्ने वहाँको विचार छ । प्रायश विहान ५ बजे उठ्ने वहाँ दैनिक आधा घण्टा पैदल हिड्नुहुन्छ । बिहानी हिडाइले शरिर सन्तुलनमा सहयोग गर्ने तथा पाचन प्रक्रियासँगै विहानी वातावरणले दिनभरी काम गर्न उर्जा प्राप्त गर्ने अनुभव छ गिरीसँग । बिहानी खाजाको रुपमा ओखर, मधिशे वदाम, जौको च्याख्ला, छोगडा तथा किससिम मिसाएर खाने वहाँ तिन वर्षदेखी भेगनको अभ्यासमा हुनुहुन्छ । लामोसमय देखी शाकाहारी जीवन व्यतित गर्दै आउनु भएको वहाँलाई कुनै प्रकारको रोग छैन । धेरै खाए मल, थोरै खाए बल भन्ने युक्ति अनुसार वहाँ थोरै खाना खानुहुन्छ । सन्तुलित आहारको रुपमा १ भाग झोल, १ भाग ठोस अनि १ भाग फलफूल र १ भाग खाली पेट राख्नुपर्ने मान्यता छ । पेट भरी खादाँ राम्रोसँग पाचन नहुने र खानेकुराबाट प्राप्त हुनुपर्ने शक्ति शरीरले पाउन नसक्ने वहाँको भनाई छ । संसारमा जति मान्छे खान नपाएर मर्छन त्यो भन्दा बढि मानिस खान नजारेर रोग लागि मर्ने गरेको तथ्य छ । त्यसैले खानेकुराप्रति सजग रहुनपर्ने वहाँको तर्क छ । बेलुकाको खाना सुत्नुभन्दा करिव तिन घण्टा अघि खानुपर्ने डाक्टरहरुले बताएका छन् । स्वस्थ्य जीवनशैली नभएमा खुसी र सुखी हुन सकिदैन । त्यसैले स्वस्थ्य जीवनशैली अपनाउन उहाँको आग्रह छ ।
वहाँको सादगीपनमा श्रीमतीको ठूलो सहयोग र समर्थन छ । जीवनसाथीको सहयोग नहुने हो भने वहाँको सादा जीवनमा धेरै अप्ठ्याराहरु आउने थिए । छोराले पनि वहाँको जीवनप्रति धेरै नै गौरव गरिरहेको छ । परिवार नै शाकाहारी र तीन वर्षदेखी भेगन हुनु भएका गिरी शाकाहारी जीवनशैलीले स्वस्थ्य समाज निमार्णमा धेरै सहयोग पुग्ने तर्क राख्नुहुन्छ । सकारात्मक जीवनशैलीलाई अनुशरण गर्दै वहाँले भेगन सम्बन्धि किताव प्रकाशन गरी जनचेतनाको लागि निशुल्क वितरण गरिरहनु भएको छ ।भेगन भन्नाले मासु मात्र नखानु नभइ गाई वस्तुको दुधबाट बनेको खानेकुरा समेत नखानुलाई बुझिन्छ । भेगनको अभ्यास त्यति सजिलो भने छैन । दैनिक जीवनयापनमा आफुलाई थप साघुरो घेरा भित्र राख्नुपर्दछ । सिमित खानेकुराबाट आफनो आहारामा सन्तुष्ठ हुन जान्नुपर्दछ । अहिंसाबाट निस्कने शान्ति दिगो हुने गिरीको भनाई छ । नेपालमा शाकाहारीप्रेमीहरु बढ्दै गएको खवरले उत्साहित गिरी स्वास्थ्यप्रतिकोे चेतना जागरणको लागि पनि अहिंसा विरोधी गतिविधिलाई थप सक्रिय पार्नुपर्ने धारणा व्यक्त गर्नुहुन्छ । मानव कल्याणको लागि हिंसालाई प्रोत्साहन गर्न नहुने तर्क छ वहाँसँग । शान्त स्वभावका गिरीको सक्रिय जीवनशैली प्रेरणादायी र लोभलाग्दो छ ।
नुवाकोट । चौथो नुवाकोट महोत्सवमा आज गोरुजुधाइ सम्पन्न भएको छ । नुवाकोट उद्योग वाणिज्य सङ्घको आयोजनामा बट्टारमा चलिरहेको चौथो महोत्सवको सातौंँ दिन बिहीबार...
१५ माघ, हेटौँडा । त्रिभुवन राजपथको सिमभञ्ज्याङ, अघोर र दामनमा आज बिहान परेको हिउपातले हेटौँडा–काठमाडौँ बीचको यातायात सेवा अवरुद्घ भएको जिल्ला प्रहरी कार्यालय...
५ साउन,काठमाडाैँ।आइतबार बिहानदेखि निरन्तर भइरहेको वर्षाले जिल्ला सदरमुकाम मलङ्गवाका विभिन्न सरकारी भवन तथा दर्जनौँ निजी घरहरु डुबानमा परेका छन् । भारी वर्षाले सर्लाही...
विदुर, नुवाकोटका कवि तथा समालोचक आरएम डङ्गोलको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । त्रिशुली वाङ्मय प्रतिष्ठान, प्रगतिशील लेखक संघ नुवाकोट र...
लामो समयको बन्दाबन्दीपछि साउन १५ देखि पोखराका पर्यटन व्यवसायी होटल सञ्चालनको तयारीमा जुटेका छन् । सरकारले साउन १५ देखि होटल सञ्चालनको अनुमति दिएसँगै...
अलवेज फन मिडिया प्रा.लि. दारा संचालित अलवेज टुरिजम डट कम नेपालटार,काठमाण्डौ ९८५११५३७०८
अध्यक्ष प्रधान सम्पादकः भुमराज तिवारी
कार्यकारी सम्पादकः गौरी भट्ट
सुचना विभाग दर्ता २५७/२०७३–०७४
पर्यटन खबर जानकारी हरेक पल तपाईंहरु को साथमा तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया पठाउनुहोला ।
Contact us: bhumrajtiwari@gmail.com
Mobile: 9851153708
© Copyright 2021 alwaysTourism.com All Rights Reserved.
Developed & maintained by Webtechline