MENU


सौराहामा तिहारलगत्तै रात्रिकालीन जीप सफारीको तयारी हुदै

कातिक २  काठमाडाैँ  । भ्रमण वर्ष २०२० लाई लक्षित गरी चितवनको सौराहामा रात्रिकालीन जीप सफारीको तयारी गरिएको छ । नेपालकै तेस्रो पर्यटकीय गन्तव्यको रुपमा रहेको सौराहामा पर्यटकलाई आकर्षित गर्दै बसाई लम्ब्याउनका लागि तिहारलगत्तै  रात्रिकालीन जीप सफारीका लागि रुट निर्धारण भइसकेको उहाँले बताउनुभयो । “सौराहाबाट कुमरोज मध्यवर्ती सामुदायिक वन हुँदै लोथरसम्म सफारीको तयारी गरेका छौँ”, उहाँले भन्नुभयो, “पहिलो चरणको स्थलगत निरीक्षण भइसकेको छ ।” उहाँले छिट्टै सांसद, जनप्रतिनिधि, निकुञ्ज, मध्यवर्ती सामुदायिक वनका प्रतिनिधिसहितको सर्वपक्षीय छलफलको आयोजना गरेर जीप सफारीको अन्तिम निर्णय लिइने बताउनुभयो । रात्रिकालीन जीप सफारी नेपालमै पहिलो भएको उहाँको दाबी छ ।

download

सफारी हुने क्षेत्रको एकापट्टि मध्यवर्ती सामुदायिक वन र अर्कापट्टि निकुञ्ज क्षेत्र राप्ती नदी पर्छ । राप्ती नदीको किनारमा करीब चार घण्टाको जीप सफारी गर्न सकिने भट्टराईले बताउनुभयो । सौराहादेखि लोथरसम्म करीब ३० किलोमिटरको दूरी पर्छ । “पर्यटन भ्रमण वर्ष २०२० मा चितवन आउने पर्यटकलाई केही नयाँ कुरा दिउँ भन्ने उद्देश्यले यो प्याकेज ल्याउन लागेका हौँ”, उहाँले भन्नुभयो, “यसले आन्तरिक र बाह्य पर्यटक बढ्ने अपेक्षा गरेका छौँ ।”

निकुञ्जमा पर्यटक घुमाउन प्रयोग हुने जीप प्रदूषणको मापदण्ड पूरा गरी हरियो स्टीकर टाँसेको हुनुपर्छ, कानूनी र भौतिक हिसाबले सुरक्षित हुनुपर्छ”, उहाँले भन्नुभयो । निकुञ्जभित्र सकेसम्म विद्युतीय सवारीसाधन प्रयोग गर्नुपर्नेमा उहाँको जोड छ । पछिल्लो समय निकुञ्जभित्र प्रवेश गर्ने सवारीसाधनमा निकुञ्जले ट्राकिङ डिभाइस जडान गरेको उहाँले जानकारी दिनुभयो । उहाँले डिभाइसमार्फत कुन गाडी कहाँ र कस्तो अवस्थामा छ भन्ने जानकारी निकुञ्जको कार्यालयमै बसेर हेर्न सकिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस