MENU


बलिउडको सुन्दर जोडीको रुपमा चिनिँदै दीपिका रणवीर

नायक रणवीर सिंह र नायिका दीपिका पादुकोणको जोडीलाईबलिउडको सबैभन्दा सुन्दर जोडीको रुपमा  लिइन्छ । उनीहरुले एकअर्कालाई गर्ने सम्मानले पनि धेरैको मन जितेको छ । चलचित्रको इन्डक्लाप पार्टीमा रणवीर र दीपिका नाचेको भिडियो अहिले सामाजिक संजालमा भइरल भइरहेको छ । यस्तैमा दीपिकाले आफू र रणवीरको विषयमा नयाँ खबर बाहिर ल्याएकी छिन् । लामो समय प्रेममा रहेको यो जोडी लिभिङ टुगेदर’मा भने बसेका थिएन ।  यसै विषयमा प्रश्न  साेध्दा दीपिकाले भनेकी छिन्। बिबाह अगाडि नै सबै कुरा थाहा भइसकेपछि बिबाहपछि के नयाँ हुन्छ त ? त्यसैले हामी लिभिङ टुगेदरमा बसेनौ ।

66676503

रणवीर र दीपिका सहमतिमा नै लिभिङ टुगेदरमा नबसेका हुन् । हामीले एकअर्कालाई राम्रोसँग चिनेका थियौं । चिन्न र बुझ्नको लागि लिभिङ टुगेदरमा बस्नु नै पर्ने जरुरी थिएन । आखिर बिबाह हुने पक्का नै थियो । त्यसैले बिबाहपछि मात्र सँगै बस्ने निर्णय भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस