दाङको घोराही उपमहानगरपालिका–१७ बेलभारस्थित ‘ड्रिम पार्क’ पर्यटकीय केन्द्र बन्दै गएको छ ड्रिम पार्क सञ्चालनमा ल्याएको उक्त पार्कमा दैनिक ३०० सम्म पर्यटक आउने गरेका छन् । अहिले जिल्लाभित्रका पर्यटकको नयाँ गन्तव्य बनेको छ । मनोरञ्जन लिनका लागि धेरै व्यक्ति यहाँ आउने गरेको उहाँले बताउनुभयो ।
पार्कमा यति एयरलाइन्सको ३४ सिटे एसएएवी–३४० ‘वि’ प्लेन राखिएको छ । यसका साथै पार्कमा डेमपोलिङ, घोडा, ढिकीच्याउ, चिप्लेटी र पिङ मनोरञ्जनका लागि राखिएको छ । “पुरानो प्लेन किनेर पार्कमा राखिएको छ । यसमा फोटो खिच्ने र हेर्नेको भीड लाग्छ । पुतलीको पङ्खा जोडेर तस्बिर लिने, भिडियो बनाउने, लभ गार्डेनमा पनि युवायुवतीको आकर्षण देखिन्छ”, उहाँले भन्नुभयो, “यहाँ आउने पर्यटकले केही न केही शिक्षा लिएर फर्किने आशा छ ।आउँदै गरेको पर्यटन वर्षमा पार्कको औपचारिकरुपमा उद्घाटन गर्ने कार्यक्रम रहेकोसमेत उहाँले बताउनुभयो । जहाजसहितको ड्रिमपार्क निर्माणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड यति एयरको ३४ सिटे जहाज ल्याइएकोे हो । त्यो ड्रिमपार्कभित्र जानेले प्लेन चढेको अुनभव गर्न पाउन र नचढेकाले पनि त्यसको अनुभूति गर्न पाउन भन्ने उद्देश्यले पार्क निर्माण गरिएको घिमिरेले बताउनुभयो ।
दिनमा अझ व्यवस्थित बनाउने योजना घिमिरेको छ । हाल व्यक्तिगत दुई बिघा क्षेत्रफलमा निर्माण शुरु गरिएको यो ड्रिम पार्क भविष्यमा पाँचदेखि सात बिघा जग्गा क्षेत्रफलमा विस्तार गर्ने लक्ष्य राखिएको छ । त्यसै बसेर समय बिताउनुभन्दा केही गर्ने उद्देश्यका साथ हवाई जहाजसहितको ड्रिमपार्क निर्माण गरिएको बताउनुभयो ।
९साउन,काठमाडाैँ। विश्वमै दुर्लभ मानिएको सुनौलो तोप चरा कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा संरक्षित गरिएको छ । दक्षिण एशियाको नेपाल र भारतमा मात्रै पाइने...
१५ पाैष, काठमाडौं । बिहीवार त्रिभुवन विश्वविद्यालयको ४२ औं दीक्षान्त समारोहमा नवलपरासीका एकै परिवारका चार दिदीबहिनी एकैपटक दीक्षित भएका छन् । नवलपरासीको अरुणखोलाका...
पोखरा, नेपालमा पहिलोपटक हिमाल आरोहण गरेको दिन जुन ३ तारिखलाई प्रत्येक वर्ष ट्रेकिङ एजेन्सीज् एसोसिएसन नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघले अन्नपूर्ण आरोहण दिवसका...
१३ असोज, काठमाडौँ । ट्रेकिंग एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान० र काठमान्डौ इन्भाईरन्मेन्टल एडुकेसन प्रोजेक्ट ९किप० ले संयुक्त रुपमा लुक्ला र काठमाण्डौमा पदयात्रा...
काठमाण्डौ, एसियन लाइफ स्टाइल टुरिजम अर्वाड २०१७ बाट गोरखामा रहेको रिभर फन विच रिर्सोट पुरस्कृत भएको छ । आज सिंगापुरमा आयोजित एक भव्य...
अलवेज फन मिडिया प्रा.लि. दारा संचालित अलवेज टुरिजम डट कम नेपालटार,काठमाण्डौ ९८५११५३७०८
अध्यक्ष प्रधान सम्पादकः भुमराज तिवारी
कार्यकारी सम्पादकः गौरी भट्ट
सुचना विभाग दर्ता २५७/२०७३–०७४
पर्यटन खबर जानकारी हरेक पल तपाईंहरु को साथमा तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया पठाउनुहोला ।
Contact us: bhumrajtiwari@gmail.com
Mobile: 9851153708
© Copyright 2021 alwaysTourism.com All Rights Reserved.
Developed & maintained by Webtechline