MENU


जुम्लामा सलह देखिएपछि प्रतिकार्य योजना बन्दै

३० असार ,काठमाडाैँ ।जुम्लाको पूर्वी भेग पातारासी गाउँपालिका हुँदै चन्दननाथ नगरपालिकामा सलह किरा देखिएपछि यसको रोकथाम तथा नियन्त्रण र प्रतिकार्य योजना बनाउन थालिएको छ । कृषि तथा खाद्य सुरक्षा समितिको बैठकले सलह नियन्त्रण तथा प्रतिकार्य योजना बनाउने निर्णय गरेको हो । जुम्लामा सलह पुगेपछि बालीमा क्षति हुन नदिन प्रशासनमा आकस्मिक  बैठक  बसेकाे छ ।

shala

कृषि तथा खाद्य सुरक्षा समितिका संयोजक तथा कृषि कार्यालयका प्रमुख बालकराम देवकोटाले सलहको परिचयसहित यसले पु¥याउने क्षतिको विषयमा कृषिविज्ञले सरोकारवालालाई जानकारी दिइने बताउनुभयो । बैठकमा सलह किरा डोल्पा हँुदै जुम्ला पुगेको जानकारी दिइयो । उहाँले फिल्डमा समेत अनुगमन भइसकेकाले किसान आफैँले बाजा बजाउने, थाल बजाउने र आगो बालेर भगाउने काम भइरहेको जानकारी दिनुभयो । जुम्ला पुगेको सलहले भने कुनै बालीमा बसेमा पूरै सखाप पार्ने गरेको छ।

स्याउ सुपरजोन जुम्लाका प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत नवराज भण्डारीका अनुसार जुम्लामा आएको सलह लाखाँैको नभई हजारौँको सङ्ख्यामा छ । नेपालमा यसले खासै धेरै क्षति नपु¥याएको भएपनि तयारी हुनुपर्ने बताइएको छ । उहाँका अनुसार रातभरी केही गर्दैन बिहान घाम लाग्ने बित्तिकै बाली खोज्दै जाने यसको विशेषता छ । सलहको क्षतिबाट बच्न सञ्चारमाध्यममा सूचना प्रकाशन तथा प्रसारण गरिने, विषयगत कार्यालयले योजना बनाउने बताइएको छ । विशेषज्ञको सल्लाहअनुसारनै स्थानीय सुहाउँदो विधि पद्धतिअनुसार रोकथाम जनचेतनाका काम गर्नुपर्ने निर्णय गरिएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस