MENU


चिया निर्यातमा बिक्रेताले दोहोरो खर्च झेल्दै

१ साउन, काठमाडाै।  चिया   निर्यातमा   भारत लैजानका लागि चिया बिक्रेताले यस पटक दोहोरो खर्च झेल्नुपरेको छ । चिया लैजानका लागि भन्सारमा आवश्यक पर्ने ‘सिएफएल’ दुवै नाकाबाट बनाउनु पर्दा बिक्रेताले दोहोरो खर्च झेल्नुपरेको हो । बन्दाबन्दीको समयमा चिया लान विराटनगर–जोगमनी नाकाबाट ‘सिएफएल’ बनाएका बिक्रेताले फेरि काँकडभिट्टा नाकाबाट लाँँदा पनि बनाउनुप¥यो । एक चोटी बनाएको ‘सिएफएल’ले छ महिना काम दिने भए पनि यसपटक भने दुई महिनामै बनाउनु पर्दा दोहोरो खर्च लागेको सूर्योदय नगरपालिकास्थित कन्यामका चिया उद्योगी सूर्य खड्का बताउनुहुन्छ ।  ilam

जेठमा मात्र जोगमनी नाकाबाट चिया लैजानका लागि ‘सिएफएल’ बनाउनु भएका खड्काले असार मसान्त नभई फेरि काँकडभिट्टा नाकाबाट बनाउनुप¥यो । जोगमनी नाकाबाट जम्मा दुई गाडी मात्र चिया लगेका थिए । खड्काले भन्नुभयो,दोहोरो खर्च लाग्यो ।बन्दाबन्दीका समयमा नाका परिवर्तन हुँदा केही दिन अघिसम्म जोगमनी नाकाबाट चिया निर्यात भएको थियो । नाका परिवर्तन हुँदा ‘ठूलो यातायात खर्च’ बुझाउनु परेका विक्रेताले ‘सिएफएल’ खर्च पनि दोहोरो बुझाउँदा झनै समस्यामा परेका हुन् । नाका परिवर्तन हुँदा विक्रेताले दोहोरो खर्च बुझाउनु परेको चिया उद्यमी गोपाल कट्टेल बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस