१ साउन , काठमाडाैँ। किवी खेतीकाे राम्रो भाउ पाउन थालेपछि जिल्लाका अधिकांश क्षेत्रका किसानले किवी खेती गरेका छन् । शुरुआती लगानी धेरै भए पनि दीगो फाइदा लिन सकिने र सजिलै बेच्न सकिने भएपछि किसान किवी खेतीमा जुटेका हुन् । किवीमा लगानी गर्दा राम्रो फाइदा हुने बुझेसँगै घर–घरमै विरुवा उत्पादन गरेर किसान किवीमा लागेका हुन् । जिल्लामै ‘किवी निर्माण भएपछि उत्साह मिलेको छ ।
देशमा आवश्यक मागको १० प्रतिशत किवी हामीले धानेका छौँ । अरू बाहिरैबाट आउँछ”, लामो समयदेखि किवी खेतीमा लाग्नुभएका खतिवडा ४० रोपनी क्षेत्रमा खेती गरेको सुनाउनुहुन्छ । करिब ५०० विरुवा ग्रीन र १०० विरुवा रेड किवी रोप्नुभएका खतिवडाले गएका वर्षमा मात्रै तीन हजार किलो किवी बेचेको बताउनुहुन्छ । आउँदो वर्षलाई करिब २५ हजार बिरुवा उत्पादन गर्न नर्सरी गरेको खतिवडा बताउनुहुन्छ ।किवीमा राम्रै आम्दानी हुन्छ त्यसैले धेरै बिरुवा राखेको हुँ ,खतिवडाले भन्नुभयो ।
बहुवर्षे विरुवा भएकाले सधै खटिरहनु नपर्नाले धेरैले किवी खेती गरेका छन् । यसका बारेमा किसानले धेरै बुझेकाले उत्साह फैलिएको देउकुमार राई बताउनुहुन्छ । “माग अत्यन्तै धेरै छ । मैले यसै वर्ष २० हजार बिरुवा नर्सरी गरेको छुँ ।” राईले भन्नुभयो, “सुधारिएको हेवार्ड जातको माग धेरै छ । एक पटक रोपेको बिरुवाबाट ५० वर्ष उत्पादन लिन सकिने भएकाले एकैचोटी धेरै बिरुवा रोप्नु उपयुक्त हुने राईको भनाइ छ । रोग नलागेमा किवीले ३० वर्षसम्म उच्च मात्रामा उत्पादन दिने र त्यसपछि घट्दै जाने राईको भनाइ छ ।
काठमाण्डौ, साहसिक युवा पर्यटनकर्मीसँगै फोटोग्राफरको पहिचान बनाउनु भएका दावा लामाको गोक्यो री लेक सम्बन्धी एकल फोटो प्रर्दशनी हुने भएको छ । २२ सेप्टेम्वर...
२ भदाै ,काठमाडाै। मुगु जिल्ला सदरमुकाम गमगढीबाट नेपालकै ठूलो ताल रारा जाने छोटो दूरीको पर्यटकीय मार्ग निर्माणको अन्तिम चरणमा पुगेको छ । छायाँनाथ...
नुवाकोट, नेपाल भ्रमण वर्ष २०२० मा आन्तरिक तथा बाह्य पर्यटकलाई ग्रामिण गन्तव्यको यात्रा गराउने उदेश्य सहित रसुवा नुवाकोट पर्यटन समाजले फिकुरी टेकिङ टेलको अध्ययन...
विनाशकारी भूकम्पबाट क्षति पुगेको ऐतिहासिक धार्मिक महत्व बोकेको शक्तिपीठ नुवाकोटको भैरवीदेवी मन्दिरको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । मन्दिरमा तामाको पातामा सुनको जलपसहितको...
काठमाण्डौ, मिस नेपाल आयोजना गर्दै आइरहेको द हिडेन टेजरको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानमा दिपक जंगज अविरल यात्रा सम्पन्न भएको छ । रुस्लान भोड्का...
अलवेज फन मिडिया प्रा.लि. दारा संचालित अलवेज टुरिजम डट कम नेपालटार,काठमाण्डौ ९८५११५३७०८
अध्यक्ष प्रधान सम्पादकः भुमराज तिवारी
कार्यकारी सम्पादकः गौरी भट्ट
सुचना विभाग दर्ता २५७/२०७३–०७४
पर्यटन खबर जानकारी हरेक पल तपाईंहरु को साथमा तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया पठाउनुहोला ।
Contact us: bhumrajtiwari@gmail.com
Mobile: 9851153708
© Copyright 2021 alwaysTourism.com All Rights Reserved.
Developed & maintained by Webtechline