२ साउन,काठमाडाे।गोटिहवास्थित पुरातात्विकस्थल अशोक स्तम्भ डुबानमा परेको छ । लगातार परेको वर्षाले गर्दा एक महिनादेखि स्तम्भ पानीमा डुबेको छ । बलौटे ढुङ्गाको स्तम्भ पानीमा डुब्दा ‘क्यापिलरी एक्सन’ भएर त्यसलाई असर गर्ने पुरातत्वविद्ले बताएका छन् । मौर्य सम्राट् अशोक शाक्यमुनि बुद्ध जन्मस्थलको तीर्थाटन गर्न आउँदा यहाँ आएका थिए । गोटिहवा सिद्धार्थ गौतम बुद्धभन्दा पहिलेका क्रकुच्छन्द बुद्धको जन्मस्थल र निर्वाणस्थल हो । आजभन्दा एक हजार ७७० वर्षअघि गोटिहवा अस्तित्वमा रहेको पुरातत्वविद्ले बताएका छन् । नेपालमा रहेका तीन अशोक स्तम्भमध्ये गोटिहवाको एक हो ।
लुम्बिनी विकास कोषले संरक्षणमा ध्यान नदिँदा स्तम्भ कमजोर बन्दै गएको छ । स्तम्भ भएका ठाउँमा खाल्टो रहेकाले पानी जमेर ३ फिट डुबेको स्थानीयले बताएका छन् ।
पाँच वर्षअघि तल्लोतिरको ५ फिट बढी भाग मात्र संरक्षण गरिएको थियो । जियोटेक्सटाइल कपडाले बेरेर बालुवाले खाली च्याम्बरलाई पुरी स्तम्भ संरक्षण गरिएको थियो । माथिको भाग खुला छ । हावापानी र घाम तथा धुवाँधुलोको प्रदूषणले स्तम्भलाई थप कमजोर बनाउँदै लगेको छ । वर्षात्मा स्तम्भ दुईतीन महिना पानीमा डुब्ने गर्छ ।
काठमाण्डौ , काठमाण्डौ टेल रेस सेरिज अन्र्तगत ट्रेल रनिङ नेपालको आयोजनामा आउँदो शनिवार मे २७ का दिन बुढानिलकण्ठदेखी टोखासम्म दौड प्रतियोगिता आयोजना हुन लागेको...
२ भदाै ,काठमाडाै। मुगु जिल्ला सदरमुकाम गमगढीबाट नेपालकै ठूलो ताल रारा जाने छोटो दूरीको पर्यटकीय मार्ग निर्माणको अन्तिम चरणमा पुगेको छ । छायाँनाथ...
म्याग्दी, धौलागिरि हिमालको प्रतिविम्ब स्पष्टरुपमा देखिने पश्चिम म्याग्दीको मालिका–१, निस्कोटस्थित बराहताल संरक्षणको पर्खाइमा छ । करिब दुई रोपनी क्षेत्रफलमा फैलिएको बराहतालले पर्यटकीय सम्भावना...
काठमाडौँ,स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था(इपान) ले आयोजना गरेको ‘हिमालयन हाइड्रो एक्स्पो २०१८’ मा ६० हजार बढीले अवलोकन गरेका छन् । एक्पो उत्साहजनक सहभागिताका साथ...
काठमाडौं, नेपाल एसोसिएशन अफ् राफ्टिङ एजेन्टस् (नारा)को २९ औं बार्षिक साधारणसभा तथा निर्वाचन भाद्र २० मा हुदै छ । नयाँ नेतृत्वको लागि गंगाप्रसाद...
अलवेज फन मिडिया प्रा.लि. दारा संचालित अलवेज टुरिजम डट कम नेपालटार,काठमाण्डौ ९८५११५३७०८
अध्यक्ष प्रधान सम्पादकः भुमराज तिवारी
कार्यकारी सम्पादकः गौरी भट्ट
सुचना विभाग दर्ता २५७/२०७३–०७४
पर्यटन खबर जानकारी हरेक पल तपाईंहरु को साथमा तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया पठाउनुहोला ।
Contact us: bhumrajtiwari@gmail.com
Mobile: 9851153708
© Copyright 2021 alwaysTourism.com All Rights Reserved.
Developed & maintained by Webtechline