MENU


साउनको सोमबार पशुपतिनाथ मन्दिर नखुल्ने भएको छ

४ साउन, काठमाडौं । साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिर दर्शनार्थीका लागि नखुल्ने भएको छ । साउन ७ गतेसम्म लकडाउन कायम रहेकाले मन्दिर नखुल्ने भएको छ।सरकारले तत्काल पशुपतिनाथ मन्दिर सर्वसाधरणको लागि खुला नगर्ने निर्णय गरेकाे छ, लकडाउन खुकुलो भएसँगै बिस्तारै अन्य क्षेत्रहरु सामान्य अवस्थामा फर्किँदैछन् ।

Pashupatinath-Temple-glowing-at-Night

मन्दिर खुला गर्ने, नगर्ने भन्ने  बारेमा सरकारको निर्णय कुरेर बसेको पशुपति क्षेत्र बिकास कोषका प्रशासकिय अधिकृत गौरीशंकर पराजुलीले बताए ।उनले भने, आस्था भक्तिले आउनु भएका दर्शनार्थीलाई पूणतः रोक लगाउन त मिल्दैन । उहाँहरु आउनुभयो भने मन्दिर परिसरबाट दर्शन गरेर जान सक्नुहुन्छ ।

हाल मन्दिरमा नित्य पुजा मात्र भइरहेको उनले बताए । हरेक बर्ष साउनको प्रत्येक सोमबार पशुपिनाथमा विशेष भिडभाड हुने गर्दछ । भक्तजनहरुले सुन्दरीजलबाट जल ल्याएर पशुपति नाथमा चढाउने गरेका थिए । भारत तथा नेपालको विभिन्न जिल्लाबाट यहाँ बोलबम आउने गर्छन् ।

 

प्रतिक्रिया दिनुहोस