१५ पौष, काठमाडौँ । अरूण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्गको निर्माण ठेक्का पाएको लुम्बिनी–एमके–सिंह एन्ड ब्रदर्स कम्पनीले स्थानीयवासीले मुआब्जाको कारण देखाई अवरोध गरेपछि सडक निर्माण कार्य अगाडि बढ्न सकेको छैन । विसं २०४५ मा सर्भे भई २०४६ सालमा सरकारले दिएको क्षतिपूर्ति अप्रयाप्त भएको, कतिपयले नपाएको र सडक निर्माण गर्दा आफूहरूको घर जग्गा, रुखपात, सिँचाइ एवम् खानेपानीमा बाधा पुगेको, मठ मन्दिरसमेत पर्ने भएकाले त्यसको उचित मुआब्जा नदिएसम्म सडक निर्माण गर्न अवरोध गर्ने बताएपछि कम्पनीले सम्बन्धित निकायमा समस्या समाधानका लागि अनुरोध गरेको छ ।
पन्ध्र महिनाभित्र सङ्खुवासभाको छ्याकुटीदेखि विद्युत्गृहसम्मको ठेक्का नं १ र २ गरी जम्मा २८ किमी सडक निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएकामा स्थानीयवासीको अवरोधका कारण निर्धारित समयमा सम्पन्न गर्न नसकिने भएकाले त्यसबापतको क्षतिपूर्ति आयोजनाले दिनुपर्ने पनि कम्पनीको दाबी छ । कम्पनीले सो सडक छ्याङ्कुटीदेखि लप्सेसम्म एक खण्ड र लप्सेदेखि विद्युत् गृहसम्म अर्को खण्ड गरी निर्माण सुरु गर्न लाग्दा स्थानीयवासीले अवरोध गरेका हुन् । खण्ड–एकअन्तर्गत छ्याङ्कुटीबाट छ किमी सडक निर्माण भइसकेको छ, लप्सेदेखि छ्याङ्कुटीतर्फ बढ्न खोज्दा स्थानीयवासीले अवरोध गरेपछि निर्माण कार्य स्थगित गर्नुपरेको कम्पनीका प्रतिनिधि माधव खनाल बताउनुहुन्छ – “खण्ड ‘ख’ को त निर्माणको काम सुरु गर्न दिइएको छैन् ।”
सडक निर्माणका लागि लप्सेमा क्याम्प खडा गरी स्काभेटर, डोजरलगायत उपकरण लगेर राखिएको छ भने प्राविधिक र मजदुर गरी करिब २०० जना काम गर्न नपाएर अलपत्र रहनुपरेको उहाँले बताउनुभयो । आफूहरूले उचित मुआब्जा र क्षतिपूर्ति नपाएसम्म सडक निर्माण गर्न नदिने भन्दै स्थानीयवासी प्रभावित सङ्घर्ष समिति र अरूण सरोकार मञ्चले गत मङ्सिर १ गते स्थानीय प्रशासनमा जानकारी गराएका थिए । सडक निर्माणमा अवरोध भएको डेढ महिना बितिसक्दा पनि समाधानको ठोस पहल नहुँदा आफूहरूले दैनिक रु पाँच÷छ लाख नोक्सानी व्यहोरिरहनु परेको खनालले गुनासो गर्नुभयो । अरूण तेस्रो प्रवेश मार्ग आयोजनाका डिभिजनल इन्जिनियर जीवेन्द्र मिश्रले समस्या समाधानका लागि स्थानीयवासी, लगानी बोर्ड, विद्युत् आयोजनासँग वार्ता भइरहेकाले केही दिनभित्रै निकास निस्किनेमा आफू विश्वस्त रहेको बताउनुभयो । सो विद्युत् आयोजनाअन्तर्गत तीन भागमा सडक निर्माणका लागि ठेक्का भई काम सुरु भएको छ । फासिन्दादेखि सुन्तलेसम्म अर्थात् बाँधस्थलदेखि विद्युत् गृहसम्मको १६ किमी तथा फासिन्दादेखि बाँधको माथिल्लो भेगसम्म जाने २.३८ किमीको सडकको निर्माण कार्य भने सञ्चालन छ ।
१४ मंसिर, गोरखा । पालुङटार नगरपालिका–२ स्थित ऐतिहासिक थलो लिगलिगकोट घुम्न आउने पर्यटलाई लक्षित गरेर होम स्टे सञ्चालनमा ल्याइएको छ । पछिल्लो समय...
५ फागुन, म्याग्दी । प्रचारप्रसार र भौतिक पूर्वाधारको कमीका कारण ‘सानो फेवाताल’को नामले चिनिने म्याग्दीको बरङ्जा गाविसस्थित दह ताल ओझेलमा परेको छ ।...
भुमराज तिवारी/काठमाण्डौ, अनलाइन मार्फत पर्यटकहरुलाई विश्वभरका गाइडहरुसँग प्रत्यक्ष सेवा प्रदान गर्ने टुरएचक्यू ले ग्लोवल गाइड अर्वाड २०१८ को नतिजा सार्वजनिक गरेको छ । विदेशीहरुले...
काठमाण्डौ, कोरोना भाइरसको विश्वव्यापी आंतक जारी नै रहेको बेलामा भावना पौडेल भने योगामा व्यस्त हुनुहुन्छ । आम युवती भन्दा वहाँको दैनिकी फरक छ...
काठमाडौं, नेपाल क्यानोनिङ एसोसिएसनले नुवाकोट जिल्लाको बुलबुले झरनामा तेस्रो क्यानोनिङ (छाँगावरोहण) महोत्सव गर्ने भएको छ । नेपालमा पर्वतारोहण, पदयात्रा, जलयात्रा, प्याराग्लाइडिङजस्ता साहसिक पर्यटकीय...
अलवेज फन मिडिया प्रा.लि. दारा संचालित अलवेज टुरिजम डट कम नेपालटार,काठमाण्डौ ९८५११५३७०८
अध्यक्ष प्रधान सम्पादकः भुमराज तिवारी
कार्यकारी सम्पादकः गौरी भट्ट
सुचना विभाग दर्ता २५७/२०७३–०७४
पर्यटन खबर जानकारी हरेक पल तपाईंहरु को साथमा तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया पठाउनुहोला ।
Contact us: bhumrajtiwari@gmail.com
Mobile: 9851153708
© Copyright 2021 alwaysTourism.com All Rights Reserved.
Developed & maintained by Webtechline