MENU


अरनिकाे राजमागमा छोटा दूरीका सार्वजनिक यातायात सञ्चालनका

५ साउन, काठमाडाैँ।बन्दाबन्दीपछि जिल्लामा सार्वजनिक सवारी साधन सञ्चालनमा आएको छ । सरकारी निर्णयानुसार जिल्लाभित्र चल्ने गरी सवारी साधन सञ्चालनमा आएका हुन् ।गत चैत ११ गते लागु भएको लकडाउन पछि सवारी साधन सञ्चालन गर्न थालिएको यातायात व्यवसायीले बताएका छन् ।bus

जिल्लाभर छोटा दूरीका सार्वजनिक यातायात सञ्चालनका लागि सामाजिक दूरी कायम राखी मास्क, सेनिटाइजरलगायत सुरक्षा विधि अपनाएर मात्रै गाडी चढ्न पाइने छ । लामो समयपछि सञ्चालन भएको र मापदण्ड पूरा गरी यात्रु बोक्नु परेकाले सरकारले बसको भाडादर भने साविकभन्दा ५० प्रतिशतले वृद्धि गरेको छ ।

प्रतिक्रिया दिनुहोस