१५ साउन,काठमाडाैँ। बन्दाबन्दीको चार महिनापछि होटल तथा रेष्टुराँ व्यवसाय आजदेखि आउँदैछन् । सरकारले गत चैत ११ गतेदेखि लागू गरेको बन्दाबन्दी यही साउन ६ गतेबाट बन्दाबन्दी अन्त्यको औपचारिक घोषणा गर्दै साउन १५ गतेदेखि होटल व्यवसाय सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको थियो ।
विशेष गरी विदेशबाट आउने पर्यटकको विषयमा स्वास्थ्य प्रोटोकलको स्पष्ट मापदण्ड नहँुदा अझै होटल व्यवसायीमा अन्यौलता कायमै छ । विदेशी पर्यटक नेपाल घुम्न आउँदा क्वारेन्टिन बस्नुपर्ने नपर्ने अथवा पिसिआर रिपोर्टले मात्रै पुग्नेलगायत विषयमा अझै अन्योल रहेको होटल एशोसिएशन अफ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले बताउनुभयो ।
उहाँका अनुसार प्राटोकलले हवाई जहाज कम्पनी, होटल, रेष्टुँरा तथा अन्य पर्यटनसँग सम्बन्धित कम्पनीले यो यो गर्ने भने पनि विदेशी पर्यटन नेपाल छिरे पछि तत्कालै के गर्ने भन्ने अन्योलले विदेशी नेपाल आउन चाहे पनि तत्काल आउने सम्भावना कम रहेको छ ।
व्यवसायीले पर्यटकलाई स्वागत गर्न पूर्ण तयारी अवस्थामा रहेको जनाएका छन् । चार महिनादेखि प्रायः ठप्प होटेल व्यवसायलाई पुरानै लयमा फर्काउन समय लाग्ने भए पनि आन्तरिक पर्यटकीय गतिविधि बढ्नासाथ व्यवसाय केही हदसम्म उकासिने उनीहरूको बुझाइ छ । अहिले पनि अल्पाइन क्लबका सदस्य, नेपाललाई माया गर्ने पर्यटकले पुरानो बुकिङसमेत रद्द नगरी बसेका अवस्थामा यसलाई सहज गरिदिनुपर्ने उहाँको भनाइ छ ।
पदयात्रा वा पर्वतारोहणमा जाँदा सामाजिक दूरी कायम रहने भएकाले नेपाल आउने पर्यटक शहरभन्दा गाउँ जान प्रकृतिसँग रम्न चाहने भएकाले उसलाई आउनासाथ कसरी त्यहाँ कसरी लैजाने भन्ने टुङ्गो सरोकारवालाले लगाउनुपर्ने टे«किङ एजेन्सिज एशोसिएशन अफ नेपाल टानले जनाएको छ ।
शुरुआती चरणमा पर्यटक कम सङ्ख्यामा आउने आँकलन गर्दै होटलले पूर्ण क्षमताको १० प्रतिशत मात्रै सेवा सञ्चालन गर्ने गरी होटल सञ्चालनमा ल्याउने व्यवसायीको तयारी छ । पछिल्लो एक साता होटल, रेष्टुराँ तथा बार व्यवसायीले सेवा सञ्चालनका लागि आफ्ना कर्मचारीलाई तालीम दिने, स्वास्थ्य मापदण्ड बनाउनेलगायत काम सम्पन्न गरेको हानले जनाएको छ ।सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान अगामी भदौ १ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको छ ।
मंशिर २३, काठमाण्डौ एकाएक सामाजिक सञ्जालबाट तरकारीवालीको रुपमा उदायकी कुसुम श्रेष्ठको गाउँमा होमस्टे निमार्ण र त्यसको प्रवद्धृन गरिने भएको छ । आन्तरिक र वाह्य...
काठमाण्डौ, चितवनको सौराहास्थित नेशनल पार्कमा रहेको होटल रोयल सफारीे बिगत छ बर्ष देखि सन्चालनमा आयको छ । ४० ओटा कोठा भएको यस होटलमा...
१५ पौष, पोखरा । नेपालकै लोकप्रिय पर्यटकीयस्थल पोखरा यतिखेर अङ्ग्रेजी नयाँ वर्षको आगमनससंगै पर्यटकले भरिभराउ बनेको छ । प्राकृतिक सुन्दरताको नगरी पोखरामा यतिखेर...
काठमाण्डौ, नेपाल पर्वतारोहण संघले आगामी चैत्र १२ देखी १४ गतेसम्म हेली मार्शलिङ तालिमको तेस्रो संस्करण आयोजना गर्ने भएको छ । नेपालको पर्वतारोहण र...
नुवाकोट, १८ पौष, पर्यटनमन्त्रीको नयाँ जिम्मेवारी पाउनु भएका भानुभक्त ढकालले नुवाकोट जिल्लाको प्रमुख पर्यटकिय तथा ऐतिहासिक स्थल साततले दरवार र देविघाट क्षेत्रको शनिवार...
अलवेज फन मिडिया प्रा.लि. दारा संचालित अलवेज टुरिजम डट कम नेपालटार,काठमाण्डौ ९८५११५३७०८
अध्यक्ष प्रधान सम्पादकः भुमराज तिवारी
कार्यकारी सम्पादकः गौरी भट्ट
सुचना विभाग दर्ता २५७/२०७३–०७४
पर्यटन खबर जानकारी हरेक पल तपाईंहरु को साथमा तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया पठाउनुहोला ।
Contact us: bhumrajtiwari@gmail.com
Mobile: 9851153708
© Copyright 2021 alwaysTourism.com All Rights Reserved.
Developed & maintained by Webtechline