१९ साउन ,काठमाडाैँ। कोरोना सङ्क्रमण फेरि देखिएसँगै बाँकेका समुदायस्तरमा पुनः बन्दाबन्दी जारी भएपछि यहाँका होटल व्यवसायी निराश बनेका छन् । चार महिनादेखि बन्द होटल सञ्चालनका क्रममा रहेकै बेला पुनःबन्दाबन्दी जारी भएपछि बाँकेका होटल व्यवसायी निराश बन्न पुगेका छन्। कोरोनाका कारण बाँकेका साना तथा मझौला होटलसमेत विस्थापित हुने अवस्थामा पुगेका छन्, कैयौँले बिक्री गरेर विस्थापित भइसकेका छन्”, अध्यक्ष कँडेलले भन्नुभयो, “लकडाउनका कारण चार महिनादेखि बन्द रहेका होटल खुल्ने सुरसारमा थिए फेरि लकडाउन भयो, घरभाडा तिर्नै समस्या छ ।
सरकारले बन्दाबन्दीका कारण बन्द रहेका होटल र पर्यटन क्षेत्र साउन १५ देखि खुला गर्ने निर्णय ग¥यो । त्यसपछि बाँकेका ठूलो लगानीका होटल सञ्चालनको तयारी भइरहेका बेला पुनःबन्दाबन्दी थपिएपछि सञ्चालनमा अन्योल देखिएको होटल व्यवसायी महासङ्घ प्रदेश ५ का अध्यक्ष भाष्कर काफ्लेले जानकारी दिनुभयो ।
कोरोना भाइरस महामारी रोकथामका लागि जारी बन्दाबन्दीको अवधिमा बाँकेका १४१ घरधनीले उद्योगी, व्यवसायीलाई घर भाडा छुट गरेका छन् । कम्तीमा एक महिनादेखि बढीमा चार महिनासम्मको घरभाडा छुट भएको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका महासचिव चिरञ्जीवी वलीले जानकारी दिनुभयो ।
असोज, मुस्ताङ । जिल्लामा यस वर्ष चार हजार ४०० मेट्रिक टन स्याउ उत्पादन भएको छ । गत वर्षभन्दा यस वर्ष ४०० मेट्रिक टन...
९साउन,काठमाडाैँ। विश्वमै दुर्लभ मानिएको सुनौलो तोप चरा कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा संरक्षित गरिएको छ । दक्षिण एशियाको नेपाल र भारतमा मात्रै पाइने...
भुमराज तिवारी/ककनी नुवाकोटको ककनीमा रहेको नेपाल पर्वतारोहण संघको अन्तराष्ट्रिय पर्वतारोही स्मृति उद्यान क्षेत्रमा आज पर्यटक गाइडहरुलाई तेस्रो हेली मार्सल तालिम सम्पन्न भएको छ...
काठमाण्डौ, पथिक फाउन्डेसन सतुङगलले यहि जेठ २६ र २७ गते जीवनपथ सम्बन्धि आवासिय योग शिविर गर्ने भएको छ । आचार्य श्री पथिकले संचालन...
नेपाल एसोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) को अध्यक्षमा वर्तमान प्रथम उपाध्यक्ष सी एन पाण्डेले औपचारिक रुपमै उम्मेदवारी घोषणा गरेका छन ।...
अलवेज फन मिडिया प्रा.लि. दारा संचालित अलवेज टुरिजम डट कम नेपालटार,काठमाण्डौ ९८५११५३७०८
अध्यक्ष प्रधान सम्पादकः भुमराज तिवारी
कार्यकारी सम्पादकः गौरी भट्ट
सुचना विभाग दर्ता २५७/२०७३–०७४
पर्यटन खबर जानकारी हरेक पल तपाईंहरु को साथमा तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया पठाउनुहोला ।
Contact us: bhumrajtiwari@gmail.com
Mobile: 9851153708
© Copyright 2021 alwaysTourism.com All Rights Reserved.
Developed & maintained by Webtechline