काठमाडाैँ।पुस१९, धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले उकालो लागेको छ । साताको पहिलो दिन नेप्सेमा उछाल आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार ८८।१२ बिन्दुले बढेर दुई हजार १७५।३९ मा पुगेको छ । शेयर कारोबार मापक परिसूचक १७।१८ बिन्दुले उकालो लागेर ४१५।८८ बिन्दुमा पुगेको छ । कूल २१२ कम्पनीका एक करोड ४० लाख २६ हजार ८८६ कित्ता सेयर रु छ अर्ब ३४ करोड ४० लाख १७ हजार ८८९ मूल्यमा कारोबार भएको छ । लगातार बजार उकालो लाग्दा बजार पूँजीकरण रु २९ खर्ब २७ अर्ब २७ करोड २९ लाख बराबर पुगेको छ ।
लगातार बजार उकालो लागेर नेप्से नयाँ बिन्दुमा मात्रै पुगेको छैन, नयाँ इतिहास कायम भएको छ । हालसम्मकै उच्च बिन्दुमा नेप्से पुगेको छ । कारोबार भएका कूल १२ उपसमूहकै शेयर उकालो लागेको छ । बैंकिङ ७०।९२, व्यापार २२१।५७, होटल ३४।८४, विकास बैंक ४६।१, जलविद्युत् ३८।९३, वित्त ७।६६, निर्जीबन बीमा २६८।४२, उत्पादन २६४।४४, अन्य १०३।४४, लघुवित्त ७७।६, जीवन बीमा ५५०।९५ र सामूहिक लगानी कोष ०।०२ बिन्दुले उकालो लागेको छ ।
कारोबारका आधारमा आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ५० करोड ९५ लाख ७५ हजार २२८ बराबरको कारोबार भयो । यस्तै प्राइम बैंक रु ५० करोड २६ लाख दुई हजार ७९८, नेपाल दूरसञ्चार कम्पनी रु ४५ करोड सात लाख ९१ हजार १०१, नेपाल पुनरबीमा कम्पनी रु २७ करोड ५२ लाख ५९ हजार ५१४, एनआइसि एशिया बैंक रु २७ करोड ३७ लाख ९६ हजार ७७९, एभरेष्ट बैंक रु १९ करोड १७ लाख ५० हजार ६७८, शिवमु सिमेन्ट रु १९ करोड एक लाख ६४ हजार ७९९, प्रभु बैंक रु १८ करोड ८६ लाख २६ हजार २८९ र नबलि बैंक रु १६ करोड ८१ लाख नौ हजार ६८३ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेका छन् ।
कारोबार भएका कूल कम्पनीमध्ये १५२ कम्पनीको शेयर उकालो लागेको छ भने १४ कम्पनीको शेयर ओरालो लागेको छ । यस्तै आठ कम्पनीको शेयरमा भने कुनै परिवर्तन भएन । कारोबारका आधारमा साल्ट टे«डिङ कर्पोरेशन १०, हिमालयन डिस्टिलरी १०, नेपाल पुनरबीमा कम्पनी ९।९७, प्राइम बैंक ९।८६, कुमारी बैंक ९।१३, गुराँस लघुवित्त ९।११, नेशनल माइक्रोफाइनान्स ९।११, आशा लघुवित्त ८।१२, नेपाल दूरसञ्चार कम्पनी ७।७८ र सिटिजन बैंकका लगानीकर्ताले ७।०९ प्रतिशतले कमाए ।
पोखरा, स्र्पोटर्स टुरिजम फोरम नेपालले पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले पोखरामा भारत र नेपाली खेलाडीविच विभिन्न खेल प्रतियोगिता सम्पन्न गरेको छ । भारत र...
४ साउन, काठमाडौँ।साहित्यकार झमक घिमिरेलाई सरकारले घर हस्तान्तरण गरेको छ । शनिबार घिमिरेको घर हस्तान्तरण कार्यक्रममा बोल्नुहुँदै प्रधानमन्त्री पत्नी राधिका शाक्यले उहाँको अवस्थाबारे...
ङवाङ शेर्पा (माउन्टेन गाइड) नेपालमा विदेशबाट आउने धेरै पर्यटकहरुको चाहना हुन्छ नेपालको सुन्दर हिमाल र हिमाली जनजीवनको अवलोकन गरौ । चाहना हुदाँ हुदै...
भुमराज तिवारी/काठमाण्डौ, अनलाइन मार्फत पर्यटकहरुलाई विश्वभरका गाइडहरुसँग प्रत्यक्ष सेवा प्रदान गर्ने टुरएचक्यू ले ग्लोवल गाइड अर्वाड २०१८ को नतिजा सार्वजनिक गरेको छ । विदेशीहरुले...
सुरज न्यौपाने, लेट्स हाईक र एडभेन्चर इभेन्ट्स नेपालको आयोजनामा मार्च ७ मा महिलाहरुको लागि हाइकिङ कार्यक्रम हुदै छ । भक्तपुरको सूर्यविनायकबाट सुरु हुने...
अलवेज फन मिडिया प्रा.लि. दारा संचालित अलवेज टुरिजम डट कम नेपालटार,काठमाण्डौ ९८५११५३७०८
अध्यक्ष प्रधान सम्पादकः भुमराज तिवारी
कार्यकारी सम्पादकः गौरी भट्ट
सुचना विभाग दर्ता २५७/२०७३–०७४
पर्यटन खबर जानकारी हरेक पल तपाईंहरु को साथमा तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया पठाउनुहोला ।
Contact us: bhumrajtiwari@gmail.com
Mobile: 9851153708
© Copyright 2021 alwaysTourism.com All Rights Reserved.
Developed & maintained by Webtechline