दोलखा, होमस्टे एसोसियसन नेपाल बागमति प्रदेश कमिटिको बैठक शनिबार पर्यटकीय क्षेत्र शैलुङको बाघढुंगामा सम्पन भएको छ । पर्यटनको विकास र चिनारीका लागि पर्यटकीय क्षेत्रमा बैठक गरी पर्यटन प्रबद्र्धनका लागि पर्यटकीय गन्तब्यको पहिचान गर्न शैलुङको बाघढुंगामा बैठक सम्पन्न गरेको बागमति प्रदेश होमस्टे एसोसियसन नेपालका इन्चार्ज बाबुराजा महर्जनले जानकारी दिनुभयो ।
पर्यटन प्रबद्र्धनमा होमस्टेहरुले खेलेको भूमिलाई मध्यनजर गरी पर्यटकीय गन्तब्यको पहिचानमा लाग्नुपर्नेमा सहभागीहरुले जोड दिनुभएको थियो । यस्तै बागमति प्रदेश हामेस्टे एसोसियसन नेपालका सचिव माधव श्रेष्ठले पर्यटकीय गन्तव्यको पहिचान गरी होमस्टेहरुको विकास गर्ने र स्थानीय खानाको परिकार तथा स्थानीय उत्पादनको प्रबद्र्धन गर्न सहयोग पुग्ने बताउनुभयो । उहाँले पर्यटकीय क्षेत्रको पहिचान गर्ने र पर्यटक भित्र्याएर मनग्य आम्दानी लिनुपर्नेमा जोड दिनुभयो । स्थानीय खाना, स्थानीय पहिचान स्थानीय कला संस्कृती र इतिहासलाई समेटिएर पर्यटन प्रबद्र्धन गर्न सके नेपालीहरु विदेशमा जानुनपर्नेमा जोड दिनुभयो ।
बेठकमा बागमति प्रदेश होमस्टे एसोसियसन नेपालका अध्यक्ष गोविन्द हुमागाई, उपाध्यक्ष संगीता श्रेष्ठ, कोषाध्यक्ष, अनिमा भट्टराई, महासचिव प्रेमभक्त महर्जन, सचिव माधव श्रेष्ठ, सह–इन्चार्ज राजकुमार लामिछाने, होमस्टे एसोसियसन नेपालका केन्द्रिय सदस्य मोविन थिङ तामाङ रेशमलाल योञ्जन लगायतको सहभागीता रहेको थियो ।
यस्तै दोरम्बा सामुदायिक होमस्टेका संचालक मिनबहादुर तामाङ र बागमति प्रदेशका विभिन्न होमस्टेका संचालक तथा प्रतिनिधीहरुको सहभागीता रहेको थियो । कार्यक्रमले होमस्टेको प्रवदनमा सहयोग पुगेको वाग्मती प्रदेश होमस्टे एसोसियसन नेपालकी कोषाध्यक्ष अनिमा भट्टराईले बताउनु भयो । शैलुङ दोलखा र रामेछाप जिल्लाको सिमानामा रहेको प्रमुख पर्यटकिय स्थल हो ।
काठमाण्डौ, नेपाल पर्वतारोहण संघले आगामी चैत्र १२ देखी १४ गतेसम्म हेली मार्शलिङ तालिमको तेस्रो संस्करण आयोजना गर्ने भएको छ । नेपालको पर्वतारोहण र...
४ माघ, भरतपुर । पर्यटन र पर्यावरण सँगसगै भन्ने मुल नारासहित माघ १६ र १७ गते चितवनमा राष्ट्रिय स्तरको साइकल यात्रा राईट टु...
विश्वका कयौँ देशहरुमा कोरोना भ्याक्सिन प्रयोगका लागि अनुमति पाइसकेसँगै भ्याक्सिनेशनको तयारी सुरु भइसकेको छ । तर कोरोना संक्रमणको घटनामा कम हुने कुनै संकेत...
काठमाण्डौ, रगतको उच्च माग सँगै आपूर्ति कम हुदै गइरहेको परिप्रेक्ष्यमा आज त्रिभुवन शिक्षण अस्पताल महाराजगंजमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लव...
काठमाण्डौ, गाउँ पर्यटन प्रवद्धन मञ्च भिटोफ नेपालले यस वर्षको रोपाई महोत्सव नुवाकोट जिल्लाको बुडीसेरामा असार १५ गते गर्ने भएको छ । वर्षेनी रोपाई...
अलवेज फन मिडिया प्रा.लि. दारा संचालित अलवेज टुरिजम डट कम नेपालटार,काठमाण्डौ ९८५११५३७०८
अध्यक्ष प्रधान सम्पादकः भुमराज तिवारी
कार्यकारी सम्पादकः गौरी भट्ट
सुचना विभाग दर्ता २५७/२०७३–०७४
पर्यटन खबर जानकारी हरेक पल तपाईंहरु को साथमा तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया पठाउनुहोला ।
Contact us: bhumrajtiwari@gmail.com
Mobile: 9851153708
© Copyright 2021 alwaysTourism.com All Rights Reserved.
Developed & maintained by Webtechline