MENU


पर्यटनमन्त्री भानुभक्त ढकालले गरे नुवाकोटको साततले दरबार र देविघाट क्षेत्रको अवलोकन (फोटोफिचर

नुवाकोट, १८ पौष,  पर्यटनमन्त्रीको नयाँ जिम्मेवारी पाउनु भएका भानुभक्त ढकालले नुवाकोट जिल्लाको प्रमुख पर्यटकिय तथा ऐतिहासिक स्थल साततले दरवार र देविघाट क्षेत्रको शनिवार भ्रमण गर्नुभएको छ । भुकम्पपछि चिनिया सरकारको सहयोगमा निमार्णाधिन नुवाकोट दरवारको काम अवलोकन गर्दै मन्त्री ढकालले पुरानै संरचनामा दरवार बनेपछि नुवाकोटमा आन्तरिक तथा वाह्य पर्यटकको केन्द्र बन्ने बताउनु भयो ।

135631242_10223610376743277_3540575191240364333_o

राजधानीबाट नजिक भएर पनि नुवाकोटमा पर्यटकिय गतिविधि बढ्न बढन सकिरहेको छैन । सो निरीक्षणमा नेकपा बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक एवं सो क्षेत्रका प्रदेससभा सदस्य केशवराज पाण्डे, नेकपा केन्द्रीय सदस्य विन्दा ढुंगाना, नेकपा नुवाकोटका सचिवालय सदस्य एवं पर्यटन विभागका प्रमुख काशीराज अधिकारी, सचिवालय सदस्यहरू गणेश श्रेष्ठ, रामकृष्ण खड्का, नारायणबहादुर बस्नेत, नुवाकोट सम्पदा गाउँको अध्यक्ष पुष्कर शर्मा रिमाल, नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल, प्रहरी प्रमुख तुलबहादुर कार्की लगायत सहभागी हुनुभएको थियो ।

135102992_10223610377543297_262001360882660388_o

त्यसैगरी मन्त्रि ढकालले देविघाटको जालपा देवी तथा पृथ्वी नारायण शाहको शालिकको पनि भ्रमण गर्नुभएको थियो । मन्त्री ढकाल शनिवार नै नुवाकोट भ्रमण गरी काठमाण्डौ फर्कनु भएको हो ।

135827348_10223611734097210_3686938027517538825_o135255931_10223611739417343_1662073613884849609_o

135761460_10223611740857379_3803542161158289152_o

135231838_10223611739937356_6424772830901287570_o

प्रतिक्रिया दिनुहोस