MENU


चिम्टेश्वर, देविघाट र नुवाकोट दरबारलाई समेटेर विकास क्षेत्र समिति बनाइने पर्यटनमन्त्री ढकाल

नुवाकोट, नुवाकोटको ऐतिहासिक क्षेत्र चिम्टेश्वर, देविघाट र नुवाकोट दरबारलाई समेटेर विकास क्षेत्र समिति गठन गरिने पर्यटनमन्त्री भानुभक्त ढकालले बताउनु भएको छ । शनिवार नुवाकोटको दुई प्रमुख पर्यटकिय स्थल देविघाट र नुवाकोटको अवलोकन भ्रमण पछि आयोजित कार्यक्रममा बोल्दै मन्त्री ढकालले धेरै काम अहिले नै घोषणा गर्नुभन्दा पर्यटन विकासको लागि समिति बनाएर काम गर्नुपर्ने बताउनु भयो । नुवाकोटमा पर्यटकिय गतिविधि संचालन गर्न सके राजधानी वासीलाई छोटो दुरीमा मनोरञ्जनको अवसर मिल्नेछ । नुवाकोटमा संस्थागत पर्यटनको विकास तथा प्रवदनको कामले गति लिन नसकेको अवस्थामा विकास क्षेत्र समिति गठनले सकारात्मक प्रभाव पार्ने अनुजकुमार श्रेष्ठले बताउनु भयो । चिम्टेश्वर क्षेत्रमा केही दिन अघि मात्र भ्यू टावर निमार्णको सिलान्यास गर्नुभएका प्रदेश सभासद केशव पाण्डेले समग्र बेल्कोटगढीको विकास र पहिचानको लागि समिति निमार्णको कामले समग्र पर्यटन विकासमा सघाउ पुग्ने बताउनु भयो । नुवाकोटबाट हिमाली हिमश्रृंखलाको नजिकबाट अवलोकन गर्न सकिन्छ ।

nuwakot-oy-lt

प्रतिक्रिया दिनुहोस