MENU


टेकिङ गाइड एसोसिएसन अफ नेपालका अध्यक्ष कर्ण घलेको निधन

काठमाण्डौ, टेकिङ गाइड एसोसियसन अफ नेपाल टिगानका अध्यक्ष कर्ण घलेको निधन भएको छ । लामो समय देखि मृगौला रोगका कारण पीडित घले उपचार गराइरहनु भएको थियो । नेपालको पर्वतिय पर्यटनमा संलग्न गाइडहरुलाई एकत्रित गरी संस्थागत रुपमा घलेले लामो समयदेखी नेतृत्व प्रदान गर्दै आउनु भएको थियो । करिब तिन दशक देखी भरिया हुदै गाइडको रुपमा सक्रिय घलेको निधनले पर्वतिय पर्यटनमा ठूलो घाटा पुगेको टिगानका महासचिव सार्की शेर्पाले बताउनु भएको छ । टेकिङ गाइड तथा मजदुरको हक हितको निम्ती निरन्तर संघर्ष गर्ने घलेको निधनले आफु स्तब्ध भएको यूनिटाभका सदस्य किरण तिम्सेनाले बताउनु भयो । घलेको अन्तेष्ठी २० पौष सोमवारका दिन विहान १० ३० बजे स्वयम्भूमा परम्परागत हिसावमा गरिदै छ ।

108983341_1659427684213823_4864334199689985457_o

प्रतिक्रिया दिनुहोस