MENU


अमेरिकामा एकैदिन थपिए तिन लाख कोरोना संक्रमित

विश्वका कयौँ देशहरुमा कोरोना भ्याक्सिन प्रयोगका लागि अनुमति पाइसकेसँगै भ्याक्सिनेशनको तयारी सुरु भइसकेको छ । तर कोरोना संक्रमणको घटनामा कम हुने कुनै संकेत नै देखिएको छैन ।

_115033548_gettyimages-1226314512

अमेरिकामा पछिल्लो २४ घण्टामा हालसम्मकै धेरै २ लाख ९९ हजार संक्रमित थपिएका छन्। यो संख्या कोरोना संक्रमणको सुरुवात भएदेखि हालसम्म थपिएका नयाँ संक्रमितहरुको संख्यामा सबैभन्दा धेरै हो ।विश्वमा हालसम्म कोरोना संक्रमितको संख्या ८ करोड ५४ लाख भन्दा अधिक नाघिसकेको छ । तीमध्ये १८ लाख ५० हजारभन्दा अधिकको मृत्यु भइसकेको छ भने ६ करोड ४ लाख भन्दा मानिसहरु ठीक भइसकेका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस