MENU


पोखरेली महिला पर्यटन व्यवसायी मञ्चको दोश्रो अधिवेशन सम्पन्न

पोखरा, महिला पर्यटन व्यवसायी मञ्च को दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभा पोखरामा सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत रुपमा पार्वती पाण्डे निर्वाचित हुनुभएको छ । यसैगरी उपाध्यक्षमा उमा रेग्मी भण्डारी, सचिवमा ममता न्यौपाने, सह सचिवमा सर्मिला न्यौपाने, कोषाध्यक्षमा लक्ष्मी लामिछाने र सह कोषाध्यक्षमा शारदा भुजेल निर्वाचित हुनुभएको हो । त्यसैगरी सदस्यहरुमा गोमा देवी अधिकारी, मञ्जु कार्की, कान्ति अधिकारी, मायाँ सुवेदी, रिता रेग्मी पौडेल, भावना रानाभाट, गोमा भण्डारी, मिठुदेवी लामिछाने, सुशीला सिग्देल, सुन्ति पूर्जा र सुशीला भण्डारी चयन हुनुभएको महिला पर्यटन व्यवसायी मञ्चकी सह सचिव शर्मिला न्यौपानेले बताउनु भयो । तिन वर्षअघि पोखरामा पर्यटन क्षेत्रमा सक्रिय महिला उद्यमिहरुको सक्रियतामा संस्था स्थापना भएको थियो । पौरखी महिलाहरुको पहिचान तथा व्यवस्थित पर्यटन व्यवसाय संचालनमा महिलाहरुको सक्रियताले पोखरामा धेरै सहयोग पुगेको छ । कार्यक्रममा संस्थालाई सहयोग गर्ने विभिन्न व्यतिहरुलाई समेत सम्मान गरिएको संस्थाको प्रेस सल्लाहाकार जमुना वर्षा शर्माले बताउनु भयो । आगामी दिनमा पर्यटन क्षेत्रमा महिलाहरुको सक्रियता बढाउन हौसला, उत्प्रेरणा मिल्ने कार्यक्रम संचालन गरिने अध्यक्ष पार्वती पाण्डेले बताउनु भयो । काेराेना महामारीका कारण हाल पाेखराकाे पयर्टन व्यवसाय थला परेकाे छ ।

138212146_10219473345685925_2879702104316450733_n

प्रतिक्रिया दिनुहोस