नेपालगंज, नेपालगंज साइक्लिङ क्लव र नाट्टा बाँकेको आयोजनामा माघ २३ र २४ गते राष्ट्रिय स्तरको साइकल यात्रा हुने भएको छ । तेस्रो संस्करणको साइकल यात्रामा दुई सय जना भन्दा बढिको सहभागिता रहने कार्यक्रम संयोजक तथा साइकल यात्री सतिश निरौलाले बताउनु भयो । राष्ट्रिय स्तरको सो साइकल यात्रामा काठमाण्डौ लगायत नेपालका विभिन्न शहरबाट सहभागि हुने निश्चित भएको निरौलाले बताउनु भयो । स्वस्थ्य जीवनको लागी साइकलको महत्व आम सर्वसाधारणलाई बुझाउन कार्यक्रम नियमित गरिन लागेको अर्का साइकल यात्री तथा आयोजक रमेश मल्ले बताउनु भयो ।
२३ गते नेपालगंज बजार परिक्रमा सुरु हुने साइकल यात्रा खजुरा हुदै वर्दियाको बढैयाताल, गुलरिया, कृष्णसार संरक्षण केन्द्र हुदै बेलुका बर्दिया राष्ट्रिय निकुञ्जको ठाकुरद्धारामा पुगेर बास बस्नेछ । २४ गते निकुञ्जको अवलोकन गराएर कार्यक्रम समापन गर्ने कार्यतालिका रहेको नेपालगंज साइक्लिङ क्लवका अध्यक्ष गगन थापाले बताउनु भयो । साइकल यात्रा मार्फत पर्यटन प्रवद्र्धन गर्ने उदेश्य सहित साइकल यात्रामा सहकार्य गरेको नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले बताउनु भयो ।
नेपालगंजमा पछिल्लो समय साइकलका स्थानिय गतिविधिहरु समेत बढ्दै गइरहेको छ । विश्व साइकल यात्री पुष्कर शाहले नेतृत्व गर्ने सो साइकल यात्रामा काठमाण्डौबाट गत वर्ष समेत सहभागिता जनाउनु भएका पद्यमेन्द्रनाथ कर्माचार्यले आफुहरुसहित ३० जना भन्दा बढि यस वर्ष उत्साहका साथ सहभागि हुन लागेको बताउनु भयो । काठमाण्डौ आसपास लगायत धेरै साइकल यात्रामा सहभागी हुनुभएका श्रीकृष्ण श्रेष्ठ साइकलले मित्रता नविकरण गर्न पनि आफु जान लागेको बताउनु भयो । तराईमा साइकल प्रमुख सवारी साधनको रुपमा प्रयोग हुदै आएकोमा पछिल्लो समय मोटरसाइकल तथा अन्य सवारी साधनको प्रयोग बढ्दो छ ।
उज्जल तिवारी/काठमाण्डौ, ट्रेकिङ एजेन्सिज् एशोसियसन अफ नेपाल (टान) को आयोजनामा ट्रेकिङ गाईडलाई अन्तराष्ट्रिय स्तरको पर्वतिय पर्यटन सुरक्षा र प्राथमिक उपचार सम्बन्धि ४ दिने...
भदाै १८, काठमाडाैँ। फिटवेल गामेन्ट प्रालीले निषेधाज्ञामा पनि रक्तदान कार्यक्रमको आयोजना गरेको छ। बिभिन्न संचारमाध्यममा बजारमा रगतको अभाव भयो भन्ने थाहा पाएपछि निषेधाज्ञाको...
लामो समयको बन्दाबन्दीपछि साउन १५ देखि पोखराका पर्यटन व्यवसायी होटल सञ्चालनको तयारीमा जुटेका छन् । सरकारले साउन १५ देखि होटल सञ्चालनको अनुमति दिएसँगै...
यानप्रसाद ढुङगेल, कोशीपारी यातायातको यात्रुबाहक बा ३ ख १५६८ नम्बरको बस अपरान्ह २ बजे काभ्रेपलान्चोक जिल्लाको कोलाती मुलावारी स्थित खड्काटोलमा दुर्घटना भएको छ...
काठमाडौँ, उद्योग मन्त्रालयले उद्योग दर्ता प्रमाणपत्रमा उल्लेख भएको अवधिभित्र सञ्चालनमा आउन नसकेका उद्योगलाई तीन महिनाको समय थप गरेको छ । मन्त्रालयले औद्योगिक व्यवसाय...
अलवेज फन मिडिया प्रा.लि. दारा संचालित अलवेज टुरिजम डट कम नेपालटार,काठमाण्डौ ९८५११५३७०८
अध्यक्ष प्रधान सम्पादकः भुमराज तिवारी
कार्यकारी सम्पादकः गौरी भट्ट
सुचना विभाग दर्ता २५७/२०७३–०७४
पर्यटन खबर जानकारी हरेक पल तपाईंहरु को साथमा तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया पठाउनुहोला ।
Contact us: bhumrajtiwari@gmail.com
Mobile: 9851153708
© Copyright 2021 alwaysTourism.com All Rights Reserved.
Developed & maintained by Webtechline