४ माघ, भरतपुर । पर्यटन र पर्यावरण सँगसगै भन्ने मुल नारासहित माघ १६ र १७ गते चितवनमा राष्ट्रिय स्तरको साइकल यात्रा राईट टु सोमेश्वरगढी हुने भएको छ ।
भरतपुर महानगरबाट सुरु हुने साइकल यात्रा चितवन राष्ट्रिय निकुञ्ज हुँदै नेपाल भारतको सिमाना सोमेश्वरगढीमा पुगेर सम्पन्न हुनेछ । माघ १६ गते साइकलयात्रीहरु ऐतिहासिक स्थल माडी नगरपालिकाको होमस्टेमा आएर बस्नेछन । १७ गते माडी घुमेर साइकलयात्रीहरु भरतपुर फर्कने कार्यक्रम संयोजक तथा सक्रिय महिला साइकलयात्री रुक्मिणी सापकोटाले बताउनु भयो । चितवनमा साइकल संस्कृतिको प्रवद्र्धनमा सोमेश्वरगढी साइकल यात्राले धेरै सहयोग गर्ने केशव घिमिरेले बताउनु भयो ।
कार्यक्रममा ७० भन्दा बढी साइकलयात्री सहभागी हुने वा वाइक का डा. जीवन क्षेत्रीले बताउनु भयो । यस साइकलयात्रामा कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरुलाई निशुल्क सहभागी गराइने छ । अन्य विद्यार्थीहरुलाई ५० प्रतिशत छुटमा सहभागी गराइ साइकलयात्रामा युवाहरुको सहभागीता बढाउन लागिएको संयोजक रुक्मिणी सापकोटाले बताउनु भयो । स्थानीय संस्कृति, प्रकृतिको अनुभव गराउन साइकलयात्रा कोसेढुंगा हुने चितवनका साइकलयात्री नविन खरेलले बताउनु भयो ।
नेपाल एसोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) को अध्यक्षमा वर्तमान प्रथम उपाध्यक्ष सी एन पाण्डेले औपचारिक रुपमै उम्मेदवारी घोषणा गरेका छन ।...
ङवाङ शेर्पा (माउन्टेन गाइड) नेपालमा विदेशबाट आउने धेरै पर्यटकहरुको चाहना हुन्छ नेपालको सुन्दर हिमाल र हिमाली जनजीवनको अवलोकन गरौ । चाहना हुदाँ हुदै...
मोरङ, नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत सुबास निरौलालाई यतिखेर कृषि तथा पशुपालनको कामले भ्याइ नभ्याई छ । मोरङको उखरमाउलो गर्मीमा एक...
धनकुटा, बाह्रै महिना तरकारी उत्पादन हुने धनकुटामा रु चार अर्ब ३५ करोड बराबरको तरकारी बिक्री भएको छ । सिँचाइको सुविधा भएका क्षेत्रमा व्यावसायिक...
१३ असोज, पाँचथर । नेपालीहरूको महान् पर्व दसैँ तिहार नजिकिँदै जाँदा पूर्वी पहाडी जिल्ला पाँचथरको अधिकांश सडक अवरुद्ध हुँदा ग्रामीण भेगमा खाद्यान्न अभाव...
अलवेज फन मिडिया प्रा.लि. दारा संचालित अलवेज टुरिजम डट कम नेपालटार,काठमाण्डौ ९८५११५३७०८
अध्यक्ष प्रधान सम्पादकः भुमराज तिवारी
कार्यकारी सम्पादकः गौरी भट्ट
सुचना विभाग दर्ता २५७/२०७३–०७४
पर्यटन खबर जानकारी हरेक पल तपाईंहरु को साथमा तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया पठाउनुहोला ।
Contact us: bhumrajtiwari@gmail.com
Mobile: 9851153708
© Copyright 2021 alwaysTourism.com All Rights Reserved.
Developed & maintained by Webtechline