काठमाडौँ । स्थानीय गौशालादेखि कमलपोखरीसम्मको मूल सडकलाई आज फोहरमुक्त सडक घोषणा गरिएको छ । यहाँ आज आयोजित कार्यक्रममा सो सडकलाई फोहरमुक्त सडक घोषणा गरिएको हो रुद्रमती सरसफाइ अभियान १३५ औँ हप्ता पुगेकाले यसलाई व्यवस्थित गर्न कमलपोखरीदेखि गौशालासम्मका बाटाका खम्बामा फोहर फाल्ने टिनका ४० भाँडा राखिएको छ । त्यसबीचमा पर्ने ४०५ पसलका अगाडि फोहोर फाल्ने बाल्टिन राखिने रुद्रमती सरोकार समाजले जनाएको छ ।
कार्यक्रममा स्वास्थ्यमन्त्री गगनकुमार थापाले धेरै रोगहाम्रो सरसफाइ, खानपान र जीवनशैलीले निर्धारण गर्ने भएकाले विकासलाई पनि त्यसअनुसार अगाडि बढाउनुपर्छ भन्नुभयो । पूर्व मुख्यसचिव लीलामणि पौडेलले सरसफाइ आफँैबाट सुरु गर्नुपर्ने भएकाले आफ्नो वरपरमा सफा राख्नु सबैको जिम्मेवारी भएको बताउनुभयो । कामपाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले घोषणा गरेर मात्र नहुने भएकाले त्यसलाई निरन्तरता दिनु सबैको कर्तव्य भएको बताउनुभयो ।
समाजका अध्यक्ष वासुदेव मरासिनीले त्यस क्षेत्रको नियमित अनुगमन गरिने र कसैले नियम विपरीत काम गरे कारबाही ग बताउनुभयो । त्यहाँ जम्मा भएको फाहोरदैनिक रुपमा वातावरण संरक्षण अभियानले सङ्कलन गर्ने उहाँले बताउनुभयो । यस्तै आज डल्लु पुलमा पनि सरसफाइ कार्यक्रम गरिएको छ ।
भदाै १८, काठमाडाैँ। फिटवेल गामेन्ट प्रालीले निषेधाज्ञामा पनि रक्तदान कार्यक्रमको आयोजना गरेको छ। बिभिन्न संचारमाध्यममा बजारमा रगतको अभाव भयो भन्ने थाहा पाएपछि निषेधाज्ञाको...
५ साउन,काठमाडाैँ।आइतबार बिहानदेखि निरन्तर भइरहेको वर्षाले जिल्ला सदरमुकाम मलङ्गवाका विभिन्न सरकारी भवन तथा दर्जनौँ निजी घरहरु डुबानमा परेका छन् । भारी वर्षाले सर्लाही...
काठमाण्डौ, नेपाली मौलिक कला तथा संस्कृतिलाई अन्तराष्ट्रियकरण गर्ने उदेश्य सहित काठमाण्डौ जिल्ला प्रशासन कार्यालयमा एक्सिसेवल आर्ट एण्ड कल्चर नामक संस्थाको स्थापना भएको छ...
पोखरा, नेपालमा गाउँ पर्यटनको विकास र थप सम्भावनाका खोजी गर्न स्थापित गाउँ पर्यटन प्रवर्धन मञ्च भिटोफ (पोखरा)ले रविन्द्रराज पौडेलको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ...
३० भदाै,काठमाडाैँ। लकडाउन र निषेधाज्ञाका कारण बन्द रहेका सौराहाका होटल बिहीबारदेखि सञ्चालनमा आउने भएका छन् । सरकारले असोज १ गतेदेखि होटल खोल्न दिने...
अलवेज फन मिडिया प्रा.लि. दारा संचालित अलवेज टुरिजम डट कम नेपालटार,काठमाण्डौ ९८५११५३७०८
अध्यक्ष प्रधान सम्पादकः भुमराज तिवारी
कार्यकारी सम्पादकः गौरी भट्ट
सुचना विभाग दर्ता २५७/२०७३–०७४
पर्यटन खबर जानकारी हरेक पल तपाईंहरु को साथमा तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया पठाउनुहोला ।
Contact us: bhumrajtiwari@gmail.com
Mobile: 9851153708
© Copyright 2021 alwaysTourism.com All Rights Reserved.
Developed & maintained by Webtechline