MENU


पर्यटन बोर्डमा अधिकृतलाई जागिर

१० माघ, काठमाडौं । नेपाल पर्यटन बोर्डले एकैपटक २५ अधिकृत मागेको छ । सोमबार विज्ञापन प्रकाशित गरी २५ जना अधिकृतका लागि दरखास्त आह्वान गरिएको हो ।
खुलातर्फ १४ जना अधिकृत मागिएको छ । यसैगरी महिला ४, आदिवासी र जनजाती ३, मधेसी २, दलित १ र अपांग १ गरी कुल २५ अधिकृत मागेको छ ।
अधिकृत पदका लागि स्नातकोत्तर उर्त्तीण भएको हुनुपर्छ । २१ वर्ष उमेर पुरा भएको र ३५ वर्ष ननाघेका (महिलाको हकमा ४० वर्ष सम्मले आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस