१० माघ, काठमाडौं । पर्यटन विभागले आफ्नो सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन कम्प्युटर रेकर्ड प्रणाली सुरु गरेको छ ।
पुरानो फाइलको व्यवस्थापन गरी सूचनालाई व्यवस्थित गर्न सम्पूर्ण कागजातलाई डिजिटलाइज गर्न थालिएको विभागका महानिर्देशक जयनारायण आचार्यले जानकारी दिनुभयो ।
“हाम्रा फाइलका सधैँभरि हार्डकपी नै प्रयोग भइरहेको छ, रेकर्ड पनि राम्रो छैन, कहाँ कति ट्राभल एजेन्सी छन् कानुनी रुपमा चलेका छन् कि छैनन् भनेर अनुगमन गर्न पनि असहज भइरहेकाले सम्पूर्ण कागजात कम्प्युटारमै राख्ने प्रक्रिया सुरु भएको छ” – उनले भने ।
महानिर्देशक आचार्यले विभागबाट अनुमति लिएका कम्पनीको प्रभावकारी अनुगमनका लागि कम्प्युटर प्रणाली अपरिहार्य भएकाले त्यसका लागि पहिलो चरणमा अहिले ट्राभल, ट्रेकिङका फाइल कम्प्युटरमा रेकर्ड गर्न राख्न कागजातको स्क्यानिङ सुरु गरिएको बताए ।
परम्परागत फाइल विस्थापित गर्ने उद्देश्यले सबै कागजात स्क्यान गरेर अनलाइन प्रक्रियामा जाने योजनाअनुरुप काम अघि बढेको र यसबाट सेवा प्रवाह सजिलो हुनाका साथै सबै रेकर्ड सूचना व्यवस्थित हुने विभागले जनाएको छ ।
विभागका अनुसार अहिले वेभसाइटमै कुन–कुन ट्राभल एजेन्सी तथा कुन आरोहण टोली कोसँग सम्बन्धित छ, भन्ने विवरण राखिएको छ । यसबाट सेवाग्राहीले सहजै सूचना पाउनेछन् ।
यसैगरी विभागले ट्राभल, ट्रेकिङ र होटलका सेवालाई प्रभावकारी बनाउन अनुगमनलाई तीव्रता दिइएको छ । प्रत्येक दिन २० वटा संस्थाको अनुगमन भइरहेकामा तीध्ये कतिपयले इजाजत नलिएको र नवीकरण नगरीकन कम्पनी सञ्चालन गरेको पाइएको विभागले जनाएको छ ।
पोखरा, महिला पर्यटन व्यवसायी मञ्च को दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभा पोखरामा सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत रुपमा पार्वती पाण्डे निर्वाचित...
५ कातिेक, काठमाडाैँ। गोंगबुस्थित बीजी मलमा रहेको बीएसआर मुभिजको पहिलो शाखा बागलुङमा सञ्चालनमा आएको छ । बीएसआर ग्रुपको लगानीमा बागलुङ बजारमा अत्याधुनिक सुविधा...
सुरज न्यौपाने, लेट्स हाईक र एडभेन्चर इभेन्ट्स नेपालको आयोजनामा मार्च ७ मा महिलाहरुको लागि हाइकिङ कार्यक्रम हुदै छ । भक्तपुरको सूर्यविनायकबाट सुरु हुने...
काठमाण्डौ, काठमाण्डौको व्यस्त जीवन र प्रदुषणबाट केही क्षण मुक्ती सोच्दै हुनुहुन्छ भने काठमाण्डौ नजिकैको सतुङगल क्षेत्रमा रहेको पथिक फाउन्डेसन एउटा उत्तम विकल्प हुनसक्छ...
असोज, मुस्ताङ । जिल्लामा यस वर्ष चार हजार ४०० मेट्रिक टन स्याउ उत्पादन भएको छ । गत वर्षभन्दा यस वर्ष ४०० मेट्रिक टन...
अलवेज फन मिडिया प्रा.लि. दारा संचालित अलवेज टुरिजम डट कम नेपालटार,काठमाण्डौ ९८५११५३७०८
अध्यक्ष प्रधान सम्पादकः भुमराज तिवारी
कार्यकारी सम्पादकः गौरी भट्ट
सुचना विभाग दर्ता २५७/२०७३–०७४
पर्यटन खबर जानकारी हरेक पल तपाईंहरु को साथमा तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया पठाउनुहोला ।
Contact us: bhumrajtiwari@gmail.com
Mobile: 9851153708
© Copyright 2021 alwaysTourism.com All Rights Reserved.
Developed & maintained by Webtechline