१५ माघ, पथरी ९ मोरङ । उत्तरी मोरङको सुन्दर दुलारी नगरपालिका–५ स्थित हसिना सिमसार क्षेत्र पछिल्लो पटक धार्मिक पर्यटन क्षेत्रका रुपमा विकास भइरहेको छ ।
मोरङको सुन्दरदुलारीस्थित महेन्द्र राजमार्गमा पर्ने बाँसबारी चोकबाट करिब पाँच किलोमिटर उत्तर लागेपछि सो स्थानमा पुग्न सकिन्छ । सो सिमसार क्षेत्र करिब ७५ बिघा क्षेत्रफलमा फैलिएको छ । बहुसङ्ख्यक देवीदेवताका मन्दिर, विभिन्न प्रजातिका वनस्पति, जीवजन्तु, र पशुपन्छीको बासस्थानसमेत रहेको सो क्षेत्र पर्यटकीय क्षेत्र मात्र नभै वनभोज, अध्ययन–अनुसन्धान र अवलोकनका लागिसमेत उत्तिकै उपयोगी रहेको छ ।
सो क्षेत्रमा नेपाल पर्यटन बोर्ड र जिविस मोरङले पनि बजेट उपलब्ध गराएपछि हालसम्म एउटा कलात्मक पानी ट्याङ्की, शान्तिका अग्रदूत बुद्धको जन्मेदेखि मृत्यु सम्मका विभिन्न अवस्था समेटिएको पूर्वाञ्चलकै ठूलो बुद्धको प्रतिमा र सो क्षेत्रको पोखरीमा डुङ्गा सञ्चालन गर्ने तयारी समेत भइरहेको हसिना सिमसार क्षेत्रका पूर्वअध्यक्ष घनश्याम न्यौपानेले जानकारी दिए ।
आकर्षक प्रवेशद्वार, विभिन्न कलात्मक शान्तिको प्रतीक परेवाको प्रतिमा, विश्व मानचित्रको प्रतिमा, बुद्धको प्रतिमा, नागपोखरीमा नागको प्रतिमालगायत निर्माण भइसकेकाले त्यहाँ पुग्ने जो कोहीको पनि मन लोभ्याउने पूर्वअध्यक्ष न्यौपानेको भनाइ छ ।
जिविस, पर्यटन बोर्ड, सुन्दरदुलारी नगरपालिका, स्थानीयवासी लगायतको सहयोगमा सो क्षेत्र यतिखेर एक अनुपम पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको संरक्षण समितिका सदस्य मिलन राईले जानकारी दिए ।
सुनसरीबाट सो क्षेत्र घुम्नका लागि आउनुभएका सुभाष कोइरालाले केही वर्ष अघिको तुलनामा अहिले हसिना सिमसार क्षेत्र निकै व्यवस्थित बनेको र आगामी दिनमा पनि राज्यले थप लगानी गरी सो पर्यटकीय क्षेत्रको विकासमा सहयोगलाइ निरन्तरता दिनुपर्ने बताए ।
काठमाडौँ, उद्योग मन्त्रालयले उद्योग दर्ता प्रमाणपत्रमा उल्लेख भएको अवधिभित्र सञ्चालनमा आउन नसकेका उद्योगलाई तीन महिनाको समय थप गरेको छ । मन्त्रालयले औद्योगिक व्यवसाय...
काठमाडौं, तामाङ समुदायको पहिलो महिलाका रुपमा कान्छीमाया तामाङले सगरमाथा आरोहण गरेकी छन् । सिन्धुपाल्चोककी तामाङले जेठ ६ गते बिहान ६ बजे सगरमाथाको...
मुस्ताङ, हिमाली जिल्ला मुस्ताङमा चिसो घटेपछि हवाई यात्राबाट जोमसोम पुग्नेहरुको संख्या बढेको छ । हिउँदको २ महिना मुस्ताङमा न्यून पर्यटक भित्रिए पनि अहिले...
पोखरा, गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) पोखरा को दोश्रो अधिवेशन भाद्र १८ गते कास्की जिल्लाको कालावाङ घडेरी होमस्टेमा हुने भएको छ । नेपाल...
मंशिर २३, काठमाण्डौ एकाएक सामाजिक सञ्जालबाट तरकारीवालीको रुपमा उदायकी कुसुम श्रेष्ठको गाउँमा होमस्टे निमार्ण र त्यसको प्रवद्धृन गरिने भएको छ । आन्तरिक र वाह्य...
अलवेज फन मिडिया प्रा.लि. दारा संचालित अलवेज टुरिजम डट कम नेपालटार,काठमाण्डौ ९८५११५३७०८
अध्यक्ष प्रधान सम्पादकः भुमराज तिवारी
कार्यकारी सम्पादकः गौरी भट्ट
सुचना विभाग दर्ता २५७/२०७३–०७४
पर्यटन खबर जानकारी हरेक पल तपाईंहरु को साथमा तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया पठाउनुहोला ।
Contact us: bhumrajtiwari@gmail.com
Mobile: 9851153708
© Copyright 2021 alwaysTourism.com All Rights Reserved.
Developed & maintained by Webtechline