१५ माघ, हेटौँडा । त्रिभुवन राजपथको सिमभञ्ज्याङ, अघोर र दामनमा आज बिहान परेको हिउपातले हेटौँडा–काठमाडौँ बीचको यातायात सेवा अवरुद्घ भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
करिब ६ इन्च बाक्लो हिउँ पर्नाले यहाँको जनजीवन कष्टकर भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । काठमाडौं र हेटौँडाबाट गइरहेका सयौँ सवारीसाधन सिमभञ्ज्याङ र अघोरमा रोकिएको पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ ।
अहिले क्षेत्रीय सडक डिभिजन कार्यालयको तर्फबाट सडक खुलाउन डोजर परिचालन गरिसकेको मकवानपुरका प्रजिअ नारायण शर्माले जानकारी दिए। सिमभञ्ज्याङमा हिउँ परेपछि हेटौँडाबाट हिउँको दृश्य हेर्न सर्वसाधारणको भीड लागेको छ ।
३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षे कार्यकालका उपलब्धी सार्वजनिक गरेका छन् । सुरुमा प्रतिनिधिसभा विघटन गर्नुपर्नाको कारणबारे चर्चा गरेका...
५ फागुन, धादिङ । गाउँ पर्यटन प्रबद्र्धन मञ्च भिटोफ नेपालले धादिङ जिल्लाको सलाङ गाविसमा रहेको सलाङ होमस्टे र नलाङ गाविसको सिधा लेकको ऐतिहासिक...
१८ भदौ, काठमाडौं । लोपोन्मुख पन्छी सुन गिद्धको गुँड पछिल्लो पटक कञ्चनपुर जिल्लामा फेला परेको छ । सुन गिद्धको गुँड समुद्री सतहबाट १...
दाङ, दाङको तुलसीपुरमा रहेको टरिगाउँ एयरपोर्टबाट समिट एयरले आइतबारदेखि उडान भर्न सुरु गरेको छ । तुलसीपुर उपमहानगरपालिका र समिट एयर बीच भएको सहमति...
काठमाण्डौ, प्याडेल फर पिस भन्ने नारासहित भोलिबाट टुर डे लुम्बिनी अभियानले काठमाण्डौबाट लुम्बिनीसम्म साइकल यात्रा आयोजना गर्न लागेको छ । स्वयम्भुबाट सुरु हुने...
अलवेज फन मिडिया प्रा.लि. दारा संचालित अलवेज टुरिजम डट कम नेपालटार,काठमाण्डौ ९८५११५३७०८
अध्यक्ष प्रधान सम्पादकः भुमराज तिवारी
कार्यकारी सम्पादकः गौरी भट्ट
सुचना विभाग दर्ता २५७/२०७३–०७४
पर्यटन खबर जानकारी हरेक पल तपाईंहरु को साथमा तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया पठाउनुहोला ।
Contact us: bhumrajtiwari@gmail.com
Mobile: 9851153708
© Copyright 2021 alwaysTourism.com All Rights Reserved.
Developed & maintained by Webtechline