MENU


नेपाल एयरलाइन्सले दुई अमेरिकी जहाज खरिद गर्दै

१७ माघ काठमाडौं । नेपाल बायुसेवा निगमले नयाँ जहाज खरिदका लागि अमेरिकी कम्पनी एएआर कर्पारेसनलाई १० करोड रुपैयाँ बैना दिने भएको छ ।
शुक्रबार जहाज खरिदका लागि एएआर कम्पनी र बायु सेवा निगमबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार दुई वटा विमान खरिदको लागि बायुसेवा निगमले तत्काल १० करोड रुपैयाँ बैना दिँदैछ ।
बायुसेवा निगमका सहायक प्रवक्ता शैलेश कंसकारले भने ‘शुक्रबार दुई नयाँ जहाज खरिदका लागि हामीले एएआर कर्पोरेसनसँग सम्झौता गरेका छौ, यसै अनुरुप तत्काल १० करोड रुपैयाँ बैनाको रुपमा दिदैँछौ ।’
बायु सेवा निगमले यसरी बैना दिनको लागि यसवर्षको बजेटमा १२ करोड रुपैयाँ व्यवस्था गरेको थियो ।
निगमले दुबै जहाज २०७४ भित्रै ल्याउने तयारी गरेको छ । सहायक प्रवक्ता कंसकार भन्छन् ‘२०७४ को अन्तसम्ममा दुबै जहाज ल्याउने सोचमा छौ, एउटा जहाज २०१७ को सेप्टेम्बर र अर्को १८ को मार्चसम्ममा ल्याउँछौ ।’

प्रतिक्रिया दिनुहोस