२१ माघ, काठमाडौँ । विभिन्न कालखण्डमा टुक्रिएका नेकपा (माओवादी केन्द्र) निकट पर्यटन व्यवसायी सङ्गठनबीच एकता हुने भएको छ । ती सङ्गठनले आज एकता भेला गरी पर्यटन प्रवद्र्धनका लागि नयाँ कार्ययोजना सार्वजनिक गर्दैछन । व्यवसायीको एकतासँगै पर्यटन क्षेत्रको सुदृढीकरण र प्रवद्र्धनका लागि रणनीतिक कार्यक्रमका साथ अघि बढ्ने माओवादी केन्द्र निकट नेपाल पर्यटन व्यवसायी सङ्गठनका महाधिवेशन आयोजक समिति संयोजक नवराज दाहालले बताउनुभयो ।
उहाँले माओवादी केन्द्र निकट व्यवसायीहरू विभाजित हुँदा सशक्त ढङ्गले अगाडि बढ्न नसकिएको भन्दै अब सङ्गठन पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान गर्न केन्द्रित हुने बताउनुभयो । आगामी तीन महिनाभित्र महाधिवेशन आयोजना गर्ने गरी अहिले संयोजक मात्र तोकिएको केन्द्र निकट व्यवसायी बोधराज भण्डारीले बताउनुभयो । विभाजित माओवादी एक भएसँगै विभिन्न भ्रातृ सङ्गठन र शुभेच्छुक संस्थाहरू पनि एकीकृत भएका हुन् । यसअघिका केन्द्र निकटका व्यवसायी संस्थाहरू एकीकृत पर्यटन व्यवसायी सङ्गठन (युटिन), नेपाल पर्यटन व्यवसायी मञ्च र वैद्य माओवादी निकट व्यवसायीबीच एकता हुन लागेको बताइएको छ ।
–रमेश लम्साल १५ पौष, काठमाडौँ । चालु आर्थिक वर्षको पाँच महिनामा निजी क्षेत्रका आयोजनाबाट कुल ९७ मेगावाट विद्युत् उत्पादन भएको छ । ऊर्जा...
५ साउन,काठमाडाै।बाल विवाहमा संलग्न भएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । स्याङ्जाको आँधीखोला गाउँपालिका–१ बस्ने २४ वर्षीय नारायणप्रसाद तिवारीले १७ वर्षीया किशोरीलाई...
–प्रणव वुढाथोकी काठमाण्डौ, भुकम्पअघि ९५ प्रतिशत कार्यसम्पन्न भएको रुवी भ्याली टेल निमार्णमा संलग्न व्यक्तिहरुले टेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) बाट सम्झौता बमोजिम...
पोखरा, स्र्पोटर्स टुरिजम फोरम नेपालले पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले पोखरामा भारत र नेपाली खेलाडीविच विभिन्न खेल प्रतियोगिता सम्पन्न गरेको छ । भारत र...
विनाशकारी भूकम्पबाट क्षति पुगेको ऐतिहासिक धार्मिक महत्व बोकेको शक्तिपीठ नुवाकोटको भैरवीदेवी मन्दिरको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । मन्दिरमा तामाको पातामा सुनको जलपसहितको...
अलवेज फन मिडिया प्रा.लि. दारा संचालित अलवेज टुरिजम डट कम नेपालटार,काठमाण्डौ ९८५११५३७०८
अध्यक्ष प्रधान सम्पादकः भुमराज तिवारी
कार्यकारी सम्पादकः गौरी भट्ट
सुचना विभाग दर्ता २५७/२०७३–०७४
पर्यटन खबर जानकारी हरेक पल तपाईंहरु को साथमा तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया पठाउनुहोला ।
Contact us: bhumrajtiwari@gmail.com
Mobile: 9851153708
© Copyright 2021 alwaysTourism.com All Rights Reserved.
Developed & maintained by Webtechline