इलाम । किसानले यस वर्ष एक हजार ९९५ मेट्रिक टन सुन्तला उत्पादन गरी रु ११ करोड ९७ लाखको सुन्तला बिक्री गरेका छन् । यहाँ उत्पादन भएको सुन्तला झापा, मोरङ तथा भारतको दार्जिलिङ, सिलिगुढीलगायतका बजारमा बिक्री भएको हो । सुन्तला सरदर प्रतिकिलो रु ६० का दरले बिक्री भएको किसानले बताएका छन् । तराईका व्यापारी कृषकको बगानसम्म सुन्तला खरिद गर्न आएका कारण बजारको खासै समस्या नभएको जिर्मलेका यामप्रसाद अधिकारीले बताउनुभयो ।
सुन्तला बिक्रीबाट जिल्लामा बर्सेनि करोडौँ रुपैयाँ भित्रिने गरेको छ । “नामसालिङ गाविसबाट मात्र यस वर्ष रु तीन करोडको सुन्तला बिक्री भएको छ,” अधिकारीले भन्नुभयो । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादनमा तीन प्रतिशतले वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी प्रकाशमणि काफ्ले बताउनुभयो । जिल्लामा यस वर्ष ३५० हेक्टरमा गरिएको खेतीबाट तीन हजार ६२९ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । गत आवमा ३४० हेक्टरमा तीन हजार ५२३ मेट्रिक टन सुन्तला उत्पादन भएको कार्यालयले जनाएको छ । सुम्बेक, नामसालिङ, जिर्मले, बरबोटे, सोयाक, गोदक, सोयाङ, पशुपतिनगर, कन्याम, लक्ष्मीपुर गाविस तथा इलाम नगरपालिका सुन्तला उत्पादन अत्यधिक मात्रामा हुने गरेको बताइएको छ ।
काठमाण्डौ , काठमाण्डौ टेल रेस सेरिज अन्र्तगत ट्रेल रनिङ नेपालको आयोजनामा आउँदो शनिवार मे २७ का दिन बुढानिलकण्ठदेखी टोखासम्म दौड प्रतियोगिता आयोजना हुन लागेको...
३० असार, काठमाडाै । पर्यटकीय गन्तव्य फेवातालपारि अवस्थित मार्की-मार्गी धर्मडाँडाका गाउँलेले शतप्रतिशत लगानी जुटाएर एक किलोमिटर लामो कृषि सडक निर्माण गरेका छन् ।...
५ फागुन, म्याग्दी । प्रचारप्रसार र भौतिक पूर्वाधारको कमीका कारण ‘सानो फेवाताल’को नामले चिनिने म्याग्दीको बरङ्जा गाविसस्थित दह ताल ओझेलमा परेको छ ।...
५ कातिेक, काठमाडाैँ। गोंगबुस्थित बीजी मलमा रहेको बीएसआर मुभिजको पहिलो शाखा बागलुङमा सञ्चालनमा आएको छ । बीएसआर ग्रुपको लगानीमा बागलुङ बजारमा अत्याधुनिक सुविधा...
नवराज घिमिरे सन् २०१० तिर फून्जो थात थलो चुम भ्यालीबाट अमेरिका उडीन । यहाँबाट सुरु भएको उनको जीन्दगी “दियर इज अल्वेज ग्रिनरी...
अलवेज फन मिडिया प्रा.लि. दारा संचालित अलवेज टुरिजम डट कम नेपालटार,काठमाण्डौ ९८५११५३७०८
अध्यक्ष प्रधान सम्पादकः भुमराज तिवारी
कार्यकारी सम्पादकः गौरी भट्ट
सुचना विभाग दर्ता २५७/२०७३–०७४
पर्यटन खबर जानकारी हरेक पल तपाईंहरु को साथमा तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया पठाउनुहोला ।
Contact us: bhumrajtiwari@gmail.com
Mobile: 9851153708
© Copyright 2021 alwaysTourism.com All Rights Reserved.
Developed & maintained by Webtechline