५ फागुन, धादिङ । गाउँ पर्यटन प्रबद्र्धन मञ्च भिटोफ नेपालले धादिङ जिल्लाको सलाङ गाविसमा रहेको सलाङ होमस्टे र नलाङ गाविसको सिधा लेकको ऐतिहासिक शिवलिंगको प्रबद्र्धन गर्ने मुख्य उद्देश्यका साथ पदयात्रा कार्यक्रम गर्ने भएको छ । सलाङ होमस्टे धादिङ जिल्लाकै नमूना होमस्टे हो । त्यस्तै सिधा लेक एउटा यस्तो ठाउँ हो, जहाबाट अनेक हिमश्रृंखलाहरुको दृश्यपान गर्न सकिन्छ ।
भिटोफ नेपालले यही फागुन १३ र १४ गते उक्त पदयात्रा कार्यक्रम आयोजना गर्न लागेको हो । पदयात्रा कार्यक्रममा सहभागीका लागि हाइकिङ कार्यक्रम, शिवलिंगमा लाग्ने मेला, साँझपख साँस्कृतिक कार्यक्रमको अवलोकन, मगर गाउँको भ्रमण तथा अर्गानिक खानाका परिकारहरुको ब्यबस्था गरिनेछ ।
कार्यक्रममा सरकारी प्रतिनिधि, नेपाल पर्यटन बोर्डका प्रतिनिधि, पर्यटन पत्रकार तथा स्थानीय तहका विशिष्ट व्यक्तिहरुको समेत सहभागिता रहने जनाइएको छ । सलाङमा यस अघि २०७२ बैशाख १२ गते गोर्खा भूकम्पको समयमा पनि पदयात्रा कार्यक्रमको आयोजना गरेको थियो ।
यसअघि भिटोफ नेपालले भादा होमस्टेमा आधारभूत घरवास तालिमको आयोजना गरेको थियो । त्यस्तै भिटोफले पोखरा शाखासँगको समन्वयमा दुम्सी दराई होमस्टेमा एक वृहत भेलाको आयोजना पनि सम्पन्न गरेको थियो । अब छिट्टै सोही होमस्टेमा आधारभूत घरवास तालिमको आयोजना गर्ने योजना रहेको अध्यक्ष कमल सापकोटाले जानकारी दिनुभयो ।
काभ्रेपलान्चोक जिल्ला सापिङ गाविस वडा नं.१ गैरीटोलमा जन्मनु भएका साधुराम गिरी ५३ वर्षको हुनुभयो । कक्षा ८ सम्म गाउँकै विद्यालयमा अध्ययन गरी २०४४...
चन्द्र खाँण ठकुरी /सतुङगल, पथिक फाउन्डेसनको आयोजना तथा टुरिष्ट गाईड एसोसियसन अफ नेपाल (टुर्गान) को सहकार्यमा शनिवार एक दिवसिय ध्यान शिविर सम्पन्न भएको...
१९ पुस, काठमाडौँ । सन् २०२० मा दुई लाख ३० हजार ८५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागले नेपाल पर्यटन...
–रमेश लम्साल १५ पौष, काठमाडौँ । चालु आर्थिक वर्षको पाँच महिनामा निजी क्षेत्रका आयोजनाबाट कुल ९७ मेगावाट विद्युत् उत्पादन भएको छ । ऊर्जा...
१२ असोज, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहालले चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तु संरक्षणमा गरेको कामको प्रशंसा गर्नुभएको छ । आज चितवन राष्ट्रिय निकुञ्जको कार्यालय...
अलवेज फन मिडिया प्रा.लि. दारा संचालित अलवेज टुरिजम डट कम नेपालटार,काठमाण्डौ ९८५११५३७०८
अध्यक्ष प्रधान सम्पादकः भुमराज तिवारी
कार्यकारी सम्पादकः गौरी भट्ट
सुचना विभाग दर्ता २५७/२०७३–०७४
पर्यटन खबर जानकारी हरेक पल तपाईंहरु को साथमा तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया पठाउनुहोला ।
Contact us: bhumrajtiwari@gmail.com
Mobile: 9851153708
© Copyright 2021 alwaysTourism.com All Rights Reserved.
Developed & maintained by Webtechline