५ फागुन, पोखरा । ग्रामीण पर्यटन विकासका लागि सञ्चालनमा ल्याउने होमस्टे दर्ता शुल्क बढि तोकेको भन्दै सरोकारवालाहरुले विरोध गरेका छन् । पर्यटन मन्त्रालयले केही दिन अगाडी होमस्टे दर्ता गर्न सरकारले शुल्क लगाउने जानकारी दिएको थियो । २०६७ मा होमस्टे कार्यविधि लागु भएपछि सम्बन्धित पर्यटन कार्यालयमा दर्ता गरेर मात्र होमस्टे सञ्चालनमा ल्याउन सकिने प्रावधान छ । पर्यटन मन्त्रालयले होमस्टे दर्ता गर्न लाग्ने शुल्क बढि भएको भिटोफ पोखराका अध्यक्ष तारानाथ पहारीले बताए । ‘शुल्क लगाउनै हुन्न भन्ने होइन’, उनले भने ‘ तर होटल दर्ता गर्दा ५ हजार मात्रै तिरे हुने तर होमस्टे दर्ता गर्दा १० हजार लिदा मर्का पर्ने बताए ।’ उनले सञ्चालनमा आए होमस्टेहरुलाई कुनै समस्या नभए पनि सञ्चालन गर्ने तयारी गरेका होमस्टेलाई भने मर्कापर्ने बताए ।
उनले ग्रामीण क्षेत्रमा पर्यटनका विकास गर्न होमस्टेको ठुलो भुमिका हुने बताए । त्यस्तै कास्कीकोटमा भुजेल गाउँ होमस्टेको दर्ताको प्रर्बद्धन गर्न लागि परेका चन्दे्रश्वर बस्ताकोटीले दर्ता शुल्क निधारणले दर्ता अप्ठ्रो परेको बताए । ‘हामीले कास्कीकोटमा दुई वटा गाउँमा होमस्टे सञ्चालन गर्न प्रक्रिया अगाडी बढाएका बेला शुल्क निर्धारणले अन्योल्ता छाएको छ,’ उनले भने ‘गाउँ पर्यटन विकास अवरोध गर्ने गर्दछ, सरकारले विचार गर्नु पर्दछ ।’
सरकारले माघ १८ गतेबाट लागु हुने गरी सामुदायिक तथा निजी होमस्टे दर्ताका लागि १० हजार रुपैयाँ शुल्क लगाउने निर्णय गरेको पर्यटन कार्यालय पोखराका सूचना अधिकृत टेकनाथ लम्सालले जानकारी दिए । उनले यसअघि होमस्टे दर्ता निःशुल्क हुने गरेको जानकारी दिए ।
नेपालमा स्याङ्जाको सिरुबारीबाट होमस्टेको सुरुवात भएको हो । कास्कीमा २०६७ सालमा सार्दीखोला ८ काभ्रेमा सुरु भएको हो । पर्यटन कार्यालय पोखराले गण्डकी धौलागिरीमा ६५ होमस्टे दर्ता भएको लम्सालले जानकारी । उनले गण्डकी धौलागिरीमा ६ बेडमा १२ सय बेड रहेको जानकारी दिए । तीमध्ये कास्कीमा सबैभन्दा बढी ३७ वटा दर्ता भएको छन् ।
काठमाण्डौ, होमस्टे एसोसियसन नेपालले नेपाल पर्यटन बोर्डमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमम होमस्टे पर्यटनको नयाँ प्रडक्ट भएको सरोकारवाला निकायहरुले बताएका छन् । पर्यटनको पछिल्लो...
काठमाडौं, ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)ले अन्तराष्ट्रिय लाङटाङ म्याराथुनको स्थगित तेस्रो संस्करण जेठ ५ गते हिमाली जिल्ला रसुवामा आयोजना गर्ने तयारी गरेको...
उज्जवल तिवारी काठमाडौं, गाउँ पर्यटन प्रबद्र्धन मन्च (भिटोफ) नेपालले २१ औं बार्षिक साधारणसभा तथा गाउँ पर्यटन दिवस काठमाण्डौमा सम्पन्न भएको छ । कार्यक्रमका...
काठमाडौं । विश्व कीर्तिमानी परिषद् नेपालले ‘बुद्ध नेपालमा जन्मेका हुन भन्ने सन्देश प्रवाह गर्दै गिनिज बुक अफ वल्र्ड रेकर्ड कायम गर्नका लागि फागुन...
४ साउन, काठमाडौँ।साहित्यकार झमक घिमिरेलाई सरकारले घर हस्तान्तरण गरेको छ । शनिबार घिमिरेको घर हस्तान्तरण कार्यक्रममा बोल्नुहुँदै प्रधानमन्त्री पत्नी राधिका शाक्यले उहाँको अवस्थाबारे...
अलवेज फन मिडिया प्रा.लि. दारा संचालित अलवेज टुरिजम डट कम नेपालटार,काठमाण्डौ ९८५११५३७०८
अध्यक्ष प्रधान सम्पादकः भुमराज तिवारी
कार्यकारी सम्पादकः गौरी भट्ट
सुचना विभाग दर्ता २५७/२०७३–०७४
पर्यटन खबर जानकारी हरेक पल तपाईंहरु को साथमा तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया पठाउनुहोला ।
Contact us: bhumrajtiwari@gmail.com
Mobile: 9851153708
© Copyright 2021 alwaysTourism.com All Rights Reserved.
Developed & maintained by Webtechline