MENU


पर्यटन प्रवद्र्धन गर्न पोखरामा अन्तराष्ट्रिय खेल प्रतियोगिता सम्पन्न

पोखरा, स्र्पोटर्स टुरिजम फोरम नेपालले पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले पोखरामा भारत र नेपाली खेलाडीविच विभिन्न खेल प्रतियोगिता सम्पन्न गरेको छ । भारत र नेपालका खेलाडी सहभागि सो कार्यक्रममा बास्केटवल, एथलेटिक्स तथा कर्बडी प्रतियोगिता गरिएको फोरमका सचिव तथा पोखराका युवा पर्यटन व्यवसायी बाबुराम भण्डारीले बताउनु भयो । पोखरालाई खेल गन्तव्यको रुपमा विकास गर्न प्रतियोगिता आयोजना गरिएको हो । कार्यक्रमलाई आगामी वर्षहरुमा अझ व्यापक रुपमा विस्तार गर्ने तयारी गरिएको स्र्पोटस टुरिजम फोरम नेपालका अध्यक्ष सुरेश दाहालले बताउनु भयो । प्रतियोगितामा विजयीहरुलाई पुरस्कार तथा मेडल वितरण गर्दै दाहालले स्र्पोटस टुरिजमको विकास गर्न सकेमा पोखराको महत्व थप बढ्ने बताउनु भयो ।
एम ओए टुर्स एण्ड ट्राभल, फेवा होलिडे इन तथा रुद्राक्ष होटल संचालन गर्दै आउनु भएका युवा पर्यटन व्यवसायी सुरेश दाहाल र बाबुराम भण्डारीले पोखरालाई अन्तराष्ट्रिय बजारमा चिनाउनको लागी संस्थाले सवै सँग सहकार्य गरेर अगाडी बढ्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस