MENU


टिगानले चन्द्रागिरी देखि फर्पिङ रुटको वृहत्त सरसफाई गर्दै

logoकाठमाण्डौ, टेकिङ गाइड एसोसियसन अफ नेपाल (टिगान) ले फागुन १२ गते काठमाण्डौ उपत्यकाको महत्वपूर्ण हाइकिङ गन्तव्य चन्द्रागिरी देखी फर्पिङ क्षेत्र सम्मको वृहत सफाई अभियान गर्ने भएको छ । पछिल्लो समय स्वदेशी पर्यटकहरु सो रुटमा हाइकिङ गर्न आर्कषित भएका छन् । नेपालीहरुले हाइकिङ गर्दा प्लास्टिक जन्य फोहोर, चाउचाउ, विस्कुट तथा पानीको बोतलहरु जथाभावी फालिदिदा सो क्षेत्रको सौन्दर्यमा असर परिरहेकोले जनचेतना जगाउन तथा वृहत्त सफाई मार्फतसो क्षेत्रको प्रचार प्रसार गर्न कार्यक्रम आयोजना गरिएको टिगानका अध्यक्ष कर्ण घलेले बताउनु भयो । राजधानीवासीमा हाईकिङ गर्दा फोहोर निश्चित ठाउँमा फाल्नुपर्दछ भन्ने ज्ञान दिन कार्यक्रमले प्रचारात्मक सहयोग गर्ने घलेले बताउनु भयो ।

राजधानीको कोलाहालयुक्त जीवन एवं धुवाँ धुलोबाट बच्न तथा स्वस्थ जीवन यापनको लागी सो क्षेत्रको हाइकिङ अत्यन्तै प्रसिद हुदै गएको ट्रेकिङ गाइड चन्द्र खाँण ठकुरीले बताउनु भयो । सो रुटमा पर्यटन विभागले केही सिमिति स्थानमा मात्र संकेतको व्यवस्था गरेकोले आन्तरिक पर्यटकहरु हराउने सम्भावना रहेको ठकुरीको भनाई छ । पर्याप्त सुचना संकेत, फोहोरको डस्विन तथा विच विचमा खाचा पसलहरु संचालन गर्न सके सो क्षेत्र उपत्यकावासीहरुलाई महत्वपूर्ण उपहार हुने ठकुरीको विश्वास छ । चन्द्रागिरीडाँडाबाट सुरु हुने सफाई कार्यक्रम फर्पिङमा पुगि समापन हुने छ । नेपाल पर्यटन बोर्डले सहकार्यमा कार्यक्रम हुन लागेको हो ।

चन्द्रागिरी देखी फर्पिङ ६ देखी ७ घण्टामा हाइकिङ गर्न सकिने अत्यन्तै रमणीय गन्तव्य हो । पछिल्लो समय कलेजका विद्यार्थी तथा कार्यालयमा काम गर्नेहरु समेत सो क्षेत्रमा हाइकिङ गर्न थालेका छन् । हाइकिङको लागी सो क्षेत्र वर्षाको समयमा समेत उपयुक्त मानिन्छ । विदेशीहरुले सो क्षेत्रको हाइकिङलाई अत्यन्तै मन पराएको गुडकर्म टेकिङका प्रबन्ध निर्देशक युवा पर्यटन व्यवसायी नवराज घिमिरेले बताउनु भयो । सो क्षेत्रमा हाइकिङ गर्दा गणेश, लाङटाङ, अन्नपूर्ण, सगरमाथा, लगायतका नेपालका प्रमुख हिमालहरुको दृश्यावलोकन गराउन सकिने घिमिरेले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस